Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुङ्गामा परदेशबाट फर्किएका युवाहरु गाँउको विकासमा सक्रिय

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in समाचार
0
ओखलढुङ्गामा परदेशबाट फर्किएका युवाहरु गाँउको विकासमा सक्रिय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३२, प्रवीण मुनाल

ओखलढुङ्गा । परदेशबाट फर्किएका टारकेराबारीका युवाहरु गाँउको विकासमा सक्रिय हुन थालेका छन् । लक डाउनका बेला सहरबाट गाँउ फर्किएका युवायुवतीहरु स्वतस्फुर्त रुपमा गाँउको विकासमा लागेका हुन् ।

जिल्लाको लिखु गाँउपालिका–८ टारकेराबारीका युवाहरु समुहमा मिलेर बर्षायामका बेला सडकमा आउने भलबाढीको व्यवस्थापनका लागि सडकको ढल मर्मत र सडकको स्तरोन्नतीको काममा जुटेका छन् । स्थानीय युवा स्थानीय युवा कैलाश पौडेलको संयोजकत्वमा गाँउका ५० जना भन्दा बढी जना युवाहरु सडक मर्मतको काममा गरिरहेका छन् ।

बर्षायामका बेला विगतका बर्षमा सडक भएर बगेर आउने भेलबाढीले खेतिबालीमा ठुलो क्षति पु¥याउने गरेको, कतिपयको घर भित्रैसम्म बाढी पसेर क्षति हुने गरेको र सवारी आवगमनमा निकै समस्या हुने गरेकोले यो बर्ष त्यस्तो नहोस भन्ने उद्धेश्यले आफुहरु सडक मर्मत लगायतका काममा जुटेको स्थानीय युवा कैलाश पौडेलले बताउनु भएको छ । टारकेराबारीको रिङरोड वरिपरिको सडक मर्मत र वडा कार्यालयसम्म जाने बाटोको मर्मतको काममा करिब एक साता देखि आफुहरु निरन्तर लागिरहेको उहाँको भनाई छ ।

लकडाउनपछि सहरी क्षेत्रबाट गाउँमा पुगेका फुर्सदीला युवाहरु सडक निर्माण, स्तरोन्नति, लगायत विकास निर्माणका काममा जुटेका हुन् । अरुबेला खेलकुद लगायत अन्य काममा व्यस्त रहने युवाहरु लकडाउनका बेला गाँउको विकासमा सक्रिय भएका छन् । युवाहरुको कामको प्रोत्साहन गर्दै गाँउका समाजसेवीहरुले उनीहरुलाई खाजा खर्च स्वरुप केहि रकम सहयोग गरेका छन् ।


युवाहरु स्वतस्फुर्त रुपमा विकासको काममा जुटे पछि आफुहरुले उनीहरुलाई खुशीलागेर सहयोग गरेको समाजसेवी दुर्गाहरी पौडेलले बताउनुभयोे । यस्तै युवाहरुको काममा वडा कार्यालयले पनि सहयोग गरेको छ । युवाहरु विकासको काममा जुट्न थालेपछि उनीहरुलाई वडा कार्यालय खाजा खचर्का रुपमा केहि रहम सहयोग गरिएको वडा अध्यक्ष बिशाल कुमार पौडेलले बताउनु भएको छ । युवाहरु आफै सक्रिय भएर गाँउको बिकासमा लागेकोप्रति उहाँले युवाहरुलाई धन्यवाद दिनु भएको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा कोरोना पुष्टि भएकाको पहिचान खुल्यो मन्थली र लिखु तामाकोशीका स्थानिय

Next Post

कृषिमा यन्त्रिकरण नै मेरो लक्ष्य हो –वडाध्यक्ष श्रेष्ठ (भिडियो सहित)

Next Post
कृषिमा यन्त्रिकरण नै मेरो लक्ष्य हो –वडाध्यक्ष श्रेष्ठ (भिडियो सहित)

कृषिमा यन्त्रिकरण नै मेरो लक्ष्य हो –वडाध्यक्ष श्रेष्ठ (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.