Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 15, 2020
in टिभि, राष्ट्रिय समाचार, समाचार
0
कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३२, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठले चालु आ.व.मा तर्जुमा भएका ११ वटा योजनाहरु निर्माण समिति गठनगरि सम्पन्न गरिसकेको जानकारी दिएका छन् । लामो समयदेखि खानेपानीको समस्या रहेको चिसापानीमा लिफ्ट सिस्टमबाट खानेपानी उपलब्ध गराउँदा यहाँका वडाबासीहरु खुशी भएको बताएका छन् । विगत वर्षका दिनहरुमा भएका योजनाहरुलाई आफूले यस वर्षको कार्यक्रममा समेत निरन्तरता दिएको जनाएका छन् ।


‘सम्भावित कोरोना माहामारीको जोखिमलाई ध्यानमा राख्दै सर्तकताको लागि के सोच्नु भएको छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा श्रेष्ठ भन्छन्, ‘हामीले हाम्रो वडालाई कोरोनाको जोखिमबाट बचाउन केही समय अघि हामीले गाइखुरा भन्ने ठाउँ हेल्थ हेल्प डेक्स् संचालन गरेका थियौं । त्यसबाट धेरै बहिरबाट आउने नागरिकहरुले सेवा पाउनु भएको छ । हाम्रो मात्रै वडा नभएर मन्थली ९, १०, ११ र १२ सबै वडाका वडाबासीहरुलाई त्यसले सहयोग पुग्यो । आगामी वर्षको बजेटमा पनि हामी स्वास्थ्यको क्षेत्रलाई विशेष महत्वका साथ समेट्छौं ।’


आफूले चुनावको बेला बनाएको घोषणापत्रलाई आफूले आधार बनाएर काम गरिरहेको श्रेष्ठले बताएका छन् । चुनावको घोषणापत्रकै आधारमा त्यसैलाई मार्ग दर्शक बनाएर वडाको वृहत्तर हितको लागि काम गरिरहेको श्रेष्ठको दावी रहेको छ ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएमा जो कोही आफन्त भए पछि सिधै घरमा नलैजान श्रेष्ठले आफ्ना वडाबासीहरुलाई आग्रह गरेका छन् । ‘कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृषिमा यन्त्रिकरण नै मेरो लक्ष्य हो –वडाध्यक्ष श्रेष्ठ (भिडियो सहित)

Next Post

१ सय ५६ मिटर मुनीको पानी जमिनमा आउँदा उपभोक्ता दङ्ग (भिडियो सहित)

Next Post
१ सय ५६ मिटर मुनीको पानी जमिनमा आउँदा उपभोक्ता दङ्ग (भिडियो सहित)

१ सय ५६ मिटर मुनीको पानी जमिनमा आउँदा उपभोक्ता दङ्ग (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.