Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१ सय ५६ मिटर मुनीको पानी जमिनमा आउँदा उपभोक्ता दङ्ग (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 15, 2020
in जनता स्पेसल, टिभि, राष्ट्रिय समाचार, समाचार
0
१ सय ५६ मिटर मुनीको पानी जमिनमा आउँदा उपभोक्ता दङ्ग (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३२, जनता भ्वाइस संवाददाता, रामेछाप
यो पानी झरेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्छ । वरपर हेर्दा जंगलै जंगल छ । कही कतैबाट, अझ भन्दा पानी झरेभन्दा धेरै माथीबाट पाइपमा पानी ल्याइएको जस्तो लाग्छ । पानी झरेको देख्दा निकै लोभलाग्दो पनि देखिन्छ ।
यो पाइपबाट झरेको पानी कुनै सतहको मुहानबाट ल्याइएको पानी होइन । यो पानी मन्थली नगरपालिका वडा नं. ५ मा जुँगेपानी डिप बोरिङ खानेपानी बिस्तार नामको आयोजनाको पानी सतहमा आएको हो । पछिल्लो चरणमा गत जेठ ३१ गते अपरान्ह ३ बजेबाट ड्रिल गर्न सुरु गरेको भएता पनि ३२ गते बिहान ११ बजेबाट पानी झर्न सुरु भएको हो ।


एसियन ड्रिलिङ् कम्पनीले काम गर्ने अनुमति पाएको यस आयोजनाले अघिल्लो आर्थिक वर्ष २०७५–०७६ मा समेत काम गरेको तर त्यसलाई पूर्णता नदिएको अवस्थामा यो वर्षको बजेट समेतले यो पानी सतहमा आउन सकेको हो ।
जमिनको सतहबाट १ सय ५६ मिटर गहिरो प्वाल बनाई यो पानी निकालिएको हो भने पानी तान्ने पम्प ७२ मिटर को गहिराईमा राखिएको एसियन ड्रिलिङ कम्पनीका प्राविधिक मदन गिरीले जानकारी दिएका छन् ।
पब्लिक नेटवर्क अनलाईन टिभीको टिम जेठ ३२ गते अपरान्ह ५ बजे उक्त स्थानमा पुग्दा जमिन मुनीको पानी अनवरत जमिनमा झरिरहेको थियो । यो जमिन मुनीको पानी सतहमा निकाल्न ४ सय भोल्टेज विद्युत लाग्ने एसियन ड्रिलिङ कम्पनीका प्राविधिक गिरी बताउँछन् ।


बोरिङको पानी सतहमा आएपछि स्थानीयबासी निकै खुशी भएका छन् । बिहान बेलुका पानीको मुहानसम्म गाग्री डोकोमा हालेर पँधेरा झर्ने महिलाहरु अब घरघरमा धारो पुग्ने भएपछि दङ्ग भएका हुन् । हिजोका दिनसम्म पानी खेप्न धारोमा महिलाहरुको लाम लाग्ने गरेको भएपनि अब आइन्दा भने यस्तो गर्नु नपर्ने ठानेर स्थानीय सीता भुजेल आपूmलाई निकै रमाइलो लागेको बताउँछिन् । आफूलाई काम सुरु भएदेखि नै ड्रिलबाट पानी आउने र आफ्ना दुःखका दिन सकिएको उनको बुझाइ थियो ।
सीता भुजेल मात्रै होइन अर्की स्थानीय सविना भुजेल पनि डिप बोरिङ्बाट पानी आएपछि खुशी भएकी छिन् । यो पानी निकाल्न अहोरात्र खटिई पसिना बगाउने आफ्नो वडाका वडाध्यक्ष रामबहादुर कार्कीलाई धन्यवाद् समेत दिएकी छिन् ।


यो खुशी सविनाको मात्रै होइन, यस वडाका धेरै सविनाहरुको मुहारमा यस्तै खुशी भेट्न अब धेरै दिन कुर्नु पर्दैन ।
यो डिपबोरिङ खानेपानी आयोजना दुई आर्थिक वर्षको कूल ४० लाख बजेटबाट निर्माण भएको हो । गत आर्थिक वर्ष २०७५–०७६ को नगरस्तरीय बजेट ३० लाख र यो वर्षको वडास्तरको बजेट १३ लाख गरी कूल ४३ लाखको भएता पनि गत वर्षको बजेटमध्ये २७ लाख मात्र प्राप्त भएको र यो वर्षको बजेट १३ लाख सहित् कूल ४० लाखमा यो डिपबोरिङ खानेपानी आयोजना सम्पन्न भएको सो वडाका वडाध्यक्ष रामबहादुर कार्की बताउँछन् ।


कार्की आफू आफ्नो कामको सार्थकता सहित् पानी धारोमा झरेको देखेर निकै मख्ख परेका छन् । आफ्नो अहोरात्रको मेहनत र वडा तथा नगरस्तरको बजेटले काम सम्पन्न गर्न पाएकोमा उनी दङ्ग भएका हुन् । आफ्नो बहुवर्षे आयोजनाले वडा नं. ५ का १ हजार ५ सय परिवार लाभान्वित हुने उनको विश्वास रहेको छ । जुँगेपानी डिप बोरिङ खानेपानी बिस्तार नामको उपभोक्ता समिति मार्फत निर्माण गरिएको यो खानेपानी सुनारपानी बासीको गौरव बनेको छ
गरे के हुँदैन र ? सर्सती हेर्दा लाग्छ, यो पाखोमा पानी कसरी आउला र ? तर सम्भव छ । १ सय ५६ मिटर गहिरो प्वाल जमिनमा पारेर निकालिएको यो पानी जमिनको निकै तलको सतहको पानी हो । रामेछापका अन्य सुख्खा क्षेत्रहरुमा पनि वृहद आयोजना मार्फत यसै प्रकृतिले पानी निकाल्न सकिने हो भने लिफ्ट सिस्टमबाट निकाले भन्दा दिगो पानीको स्रोत हुने देखिन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं (भिडियो सहित)

Next Post

लकडाउनमा भोकालाई खाना खुवाउँछन् चौहान

Next Post
लकडाउनमा भोकालाई खाना खुवाउँछन् चौहान

लकडाउनमा भोकालाई खाना खुवाउँछन् चौहान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.