असार ०१
रामेछाप । सोमबार नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ४१६ र ३५ जना महिला छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । जसमा ४७१ जना महिला र ५७४० जना पुरुष छन् ।
यस्तै बितेको २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या १०१४ जना पुगेको छ । जसमा १०४ महिला र ९३५ जना पुरुष रहेको गौतमले जानकारी दिए ।
आज सम्ममा नेपालको ७३ जिल्लामा कोरोना फैलिएको छ । त्यस्तै नेपालमा विभिन्न ठाउँमा रहेका २२ वटा पीसीआर मेसिनले कोरोना परीक्षण गर्न सुरुगरिएको छ ।





