Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रदेशहरुको बजेट : सबैभन्दा ठूलो बागमतीको, सानो सुदूरपश्‍चिमको, कती-कती छ हेर्नुहोस्

Milan Ghimire by Milan Ghimire
June 16, 2020
in अर्थतन्त्र, समाचार
0
प्रदेशहरुको बजेट : सबैभन्दा ठूलो बागमतीको, सानो सुदूरपश्‍चिमको, कती-कती छ हेर्नुहोस्
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ०२

काठमाडौं । सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेका छन्। यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५१ अर्ब बढीको बजेट ल्याएको छ। सबैभन्दा कम सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याएको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गरे । चालु खर्चका लागि १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो

यस्तै प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख विनियोजन गरिएको छ । बजेट खर्च आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ।

बागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल

यता मुलुकको केन्द्रीय राजधानी समेत रहेको बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेटले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँको बजेट अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरे ।

अर्थमन्त्री किरण गुरुङ, गण्डकी प्रदेश

प्रदेश ५ सरकारले गत वर्षको भन्दा केही कम आकारको बजेट प्रस्तुत गरेको छ । अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको प्रदेश ५ ले आगामी आर्थिक बर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणमा ५ अर्ब १४ करोड ५० हजार बजेट विनियोजन गरेको हो।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि  ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आर्थिक बर्षको बजेट प्रस्तुत गरे । प्रदेश सरकारेले कोभिड १९ बाट मृत्यु हुनेका परिवारलाई १ लाख राहत घोषणा गरेको छ । बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणमा ९ प्रतिशत विनियोजन गरिएको छ ।

यस्तै कर्णाली प्रदेशले एम्बुलेन्स बाहेक अरु गाडी खरिदमा रोक पनि लगाएको छ । यस्तै ‘अनावश्यकरुपमा रहेको अतिथि सत्कार खर्च कटौती पनि गरिएको छ। भने ‘मुख्यमन्त्री, मन्त्री, सचिव र कार्यालय प्रमुखलाई दिइँदै आएको अतिथि खर्च आगामी आर्थिक वर्ष गर्न नपाइने उनले जानकारी दिए। गत वर्ष २८ अर्वको बजेट ल्याएको सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ।  प्रदेश सरकारले गत बर्षको भन्दा ५ अर्ब बढीको बजेट ल्याएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटमा जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख विजियोजन गरिएको छ।  प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बजेटमा पनि उल्लेख्य वृद्धि गरेको छ। बजेटमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब बढी बजेट विनियोजन गरेको जनाएको छ।  प्रदेश सरकारले स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको छ। file Photo बागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल featured image onlinekhabre

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही

Next Post

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को कहाँ पुगे ?

Next Post
कोरोना कोषमा रामेछाप प्रहरीको मात्रै १ लाख ७० हजारभन्दा बढी सहयोग

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को कहाँ पुगे ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...