Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

जनता भ्वाइस by जनता भ्वाइस
June 17, 2020
in समाचार, स्वास्थ्य
0
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार, ०३

नेपालगन्ज । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गत सोमबार साँझ साढे ६ बजे बाँकेमा कोरोनाका कारण एक जना महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँके बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय महिलाको उपचारको  क्रमममा निधन भएको हो । उनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा मृत्यु भएएको हो । उनको मृत्यु संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

उनको गत सोमबार साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृत्युपछि स्वाब संकलन गरि परीक्षण गर्दा ती महिलाको मंगलबार ८ बजेतिरको समयमा कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उनी गएको जेठ ३० गते उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

यसअघि पनि बाँके जिल्लामा गएको जेठ ४ गते नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवको कोरोनाबाट मृत्यु भएको थियो । यो संगै बाँकेका कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ ।

यता स्वास्थ्य मन्त्रालयले भने ती महिलाको मृत्युको आधिकारीक पुष्टि गर्न बाँकी छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बेलायतमा कोरोना भाइरसको औषधी पत्ता लाग्यो,

Next Post

कोरोना संक्रमण अनुगमनको बहाना गर्दै सरकारी खर्चमा पारिवारिक भ्रमणमा स्वास्थ्य राज्य मन्त्री रावत (भिडियो सहित)

Next Post
कोरोना संक्रमण अनुगमनको बहाना गर्दै सरकारी खर्चमा पारिवारिक भ्रमणमा स्वास्थ्य राज्य मन्त्री रावत (भिडियो सहित)

कोरोना संक्रमण अनुगमनको बहाना गर्दै सरकारी खर्चमा पारिवारिक भ्रमणमा स्वास्थ्य राज्य मन्त्री रावत (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.