Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना संक्रमण अनुगमनको बहाना गर्दै सरकारी खर्चमा पारिवारिक भ्रमणमा स्वास्थ्य राज्य मन्त्री रावत (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 17, 2020
in जनता स्पेसल, टिभि, समाचार
0
कोरोना संक्रमण अनुगमनको बहाना गर्दै सरकारी खर्चमा पारिवारिक भ्रमणमा स्वास्थ्य राज्य मन्त्री रावत (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २, जनता भ्वाइस संवाददाता, रामेछाप
देश यतिबेला कोरोनाको कहरमा चुर्लम्म डुबेको छ । नागरिकहरु त्राही त्राही छन् भने उनीहरुको खल्तीको गहिराई दिन दुगुना रात चौगुना भासिँदै छ । देशको २ नम्बर र कर्णली प्रदेशले विस्तारै कोरोनाको भरण पोषण गर्दैछ भनेर भन्दा सो प्रदेशका नागरिकहरुमाथि विल्कुलै अन्याय हुँदैन । भारत तथा तेस्रो मुलुककाट कोरोना संक्रमित भएर भित्रिएका नागरिकको कारण यो समस्या निम्तिएको हो ।
भन्न पनि पाप लाग्छ, घर नआउन त कहाँ जाउन् परदेशीहरु ? आफ्नै माटो र माताको याद बोकेर बाँचेका विचरा ती परदेशीहरु अदृष्य शक्तिले लखेट्दा घर सम्झेर आए । आउन त आए सँगसँगै लिएर आए घातक रोगको विउ पनि ।


यता सरकारले कोरोना संक्रमण रोकथामका लागि १० अर्ब सिध्याइ नै सक्यो । बालुवामा पानी खन्याएर बालुवा भिजाउन पल्केको वर्तमान ओली नेतृत्वको सरकारका स्वास्थ्य राज्यमन्त्रीको आज रामेछापको रवैया देख्दा १० अर्ब होइन दशौं अर्ब सकिएको हुनुपर्छ ।
यो आज जिल्ला प्रशासन कार्यालय रामेछापमा देखिएको दृष्य हो । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावत आज रामेछाप आइपुगेका थिए । जिल्ला जिल्लाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा सरकारको निर्देशनको पालना भए नभएको जाँचगर्दै हिँडेका मन्त्रीज्यू आफ्ना सपरिवार सहित् आइपुगेका हुन् । उनकी श्रीमती अझ सुकिला मुकिला किशोर माननीयका पुत्र बाबु मन्त्री भएको बेला देश दौडाहमा निस्किएका छन् ।
त्यति मात्रै कहाँ हो र किशोरी मन्त्रीज्यूकी पुत्री उनलाई पनि के मतलब ? आफ्ना बाबु जो मन्त्री बनेका छन्, मितको पालामा मितिनी नाच्छन् भन्ने नेपाली उखान जस्तै यी किशोरी पनि रामेछाप हेर्न आइपुगेकी हुन् ।


अन्य हामीले पनि पहिचान गर्न नसकिएका केही अनुहार मन्त्रीज्यूको हुक्का, झोला, धुपौरा, गम्छा, लबेदा र तुलवा बोक्नेहरु पनि सँगसँगै आएका छन् । उनीहरुलाई पनि बालै फरर भने झैं मन्त्रीज्यूको पछिपछि लाग्दाको रमाईलो तपाईंहामीले महसुस गर्न कहाँ पाएका छौं र ?
यहाँहरुलाई अझ प्रष्ट भनौ है ? यी मन्त्री रामेछापमा कोरोना भाइरस संक्रमणको अवस्था अवलोकन गर्न काभ्रेबाट आएका हुन् । मन्त्रीले भनेर मात्रै हामीले विश्वास गर्न सक्थ्यौं सक्दैनथ्यौं तर यहाँ विश्वास नगरी धरै छैन किनकी उनले साथमा नमोबुद्ध नगरपालिका काभ्रेका मेयरलाई पनि एउटै गाडीमा कोचेर ल्याएका छन् ।


अब प्रश्न उठ्छ दर्शकवृन्द, कोरोना भाइरस रोकथाम, नियन्त्रणको अनुगमन तथा निर्देशन दिन रामेछाप भित्रिएका मन्त्रीका लागि यो दलबल आवश्यक थियो ? अझ आफ्ना छोराछोरी र श्रीमती साथमै ल्याउनु कत्तिको आवश्यक थियो ।
यो फिरन्ते दलमा १० देखि १५ जना मान्छेहरु मन्त्रीका पछिपछि मिठो मसिनो खाएर डकार्नको लालसाले आइपुगेका हुन्, त्यो पनि सरकारी बजेटलाई दुरुपयोग गर्दै ।
सिधा प्रश्न गरौं न,
रामेछाप जिल्लाको कोरोना भाइरस रोकथाम, नियन्त्रणको अनुगमन गर्न तथा निर्देशन दिन नमोबुद्ध नगरपालिकाका मेयर चाहिन्थ्यो ?
मन्त्रीज्यूको निर्देशन रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारीका लागि विशेष हो । साथमा अन्य सरोकारवाला जिल्लास्तरकै रहनुमा पनि कुनै आपत्ति हुँदैन । तर यो टोलीमा मन्त्रीका श्रीमती र छोराछोरीको के काम ?


जवाफ स्पष्टै छ । शक्ति र सत्ताको दुरुपयोग गर्न मन्त्रीज्यूहरुलाई कसैले सिकाउनु पर्दैन । सुर्खेतका नागरिकहरुले हिजो मतदान गरेर जिताएका स्वास्थ्य राज्यमन्त्री रावतलाई आफ्नै सुर्खेतेली जनताको त महत्व छैन झन आम पौने तीन करोड नेपालीको के मतलब ?
नागरिकले रगतको पसिना बगाएर तिरेको करले बनेको राष्ट्रिय बजेटको यो दुरुपयोग गर्न रोक्ने हिम्मत कसैको छ ? कस्सैको छैन ।
दर्शकवृन्द यो दुरुपयोग रोक्ने क्षमता कुनै पनि नेपालीहरुमा छैन किनभने यो देशमा स्वतन्त्र मान्छेको अत्यन्तै अभाव छ । जोजो छन् ती सबै कुनै न कुनै राजनैतिक पार्टीको कार्यकर्ता छन् । आफ्ना भगवान जस्ता नेताले गरेको गलत कामको पर्दाफास गर्न सक्नु भनेको आफूतिर सोझिएको दुनो फर्काउनु जस्तै हो । अनि कोही बोल्छ उहाँहरुको विरुद्धमा ?
त्यसो पनि होइन , उहाँहरुको विरुद्धमा बोल्ने नेपाली नागरिकहरु पनि छन्, यो देशमा । ति को हुन् थाहा छ यहाँहरुलाई ?


ती पनि कार्यकर्ता नै हुन् विपक्षी दलका । उनीहरुका नेताहरुले हिजो सत्तामा छँदा पदिय मर्यादाको दुरुपयोग गर्दा उनीहरु पनि चुप्चाप बसेकै हुन् । अनि भन्नुस् त राजनीतिको आडमा गरिने दब्दबा कहिल्यै हट्छ ?
कुनै पनि हालतमा हट्दै हट्दैन यो देशमा ।
अनि अर्को महत्वपूर्ण कुरा पनि छ
जिल्ला बाहिरबाट आउने नागरिकहरुप्रति रामेछापमा पनि उच्च सतर्कता अपनाइएको छ । यसरी आएका रामेछापली नागरिकहरुलाई सेलेघाट नाकाबाट भित्रिन दिइने गरेको छैन । जो आएपनि सेलेघाट क्वारेन्टिन उनीहरुका लागि बासस्थान बन्ने गरेको छ ।
हेर्नुस् है मन्त्री रावत, उनको परिवार र आसेपासेहरु विभिन्न जिल्लाको भ्रमण गरी मिठो मसिनो खाएर रामेछाप भित्रिएका छन् । स्वास्थ्य राज्यमन्त्री रावत कुनकुन जिल्लाको भ्रमण गरेर रामेछाप आइपुेका हुन्

मन्त्रीजस्ता भिआइपीहरुलाई जिल्ला प्रवेश गर्दा न कुनै चेकजाँच गरिएको छ न कुनै सुरक्षाको उच्च सतर्कता नै । सतर्कता अपनाइएको छ त मन्त्रीज्यूको अमूल्य जीवनको । त्यो पनि नागरिकहरुका सेना र प्रहरी परिचालन गरेर ।
इतिहासकै बलियो कम्युनिष्ट सरकारका मन्त्री, त्यो पनि केन्द्र सरकार नियन्त्रित स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई कोरोनाको शंका गर्ने कुरा पनि त आएन । यो विषयमा सोच्नु पर्ने त जिल्ला प्रशासन कार्यालय रामेछापले हो । तर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माज्यूले पनि यो विषयमा सोच्न पनि सक्नु भएन होला । झन जिल्ला प्रशासन कार्यालयको आदेश बिना बिचरा नेपाल प्रहरीले त मन्त्रीज्यूलाई कोरोना संक्रमण छ किन छैन भनेर सपनामा समेत कल्पना गर्न कहाँ सक्थ्यो र ?
सायद यही होला सानालाई ऐन र ठूलालाई चयन भनेको पनि ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

Next Post

वडाको बजेटले टोलबासी मिलेर खाजा खान पुग्दैन – वडाध्यक्ष :वाइबा (भिडियो सहित)

Next Post
वडाको  बजेटले  टोलबासी मिलेर खाजा खान पुग्दैन – वडाध्यक्ष :वाइबा (भिडियो सहित)

वडाको बजेटले टोलबासी मिलेर खाजा खान पुग्दैन - वडाध्यक्ष :वाइबा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.