Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वडाको बजेटले टोलबासी मिलेर खाजा खान पुग्दैन – वडाध्यक्ष :वाइबा (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 18, 2020
in जनता स्पेसल, टिभि, समाचार
0
वडाको  बजेटले  टोलबासी मिलेर खाजा खान पुग्दैन – वडाध्यक्ष :वाइबा (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरतसिँ वाइबाले आफूले चालु आर्थिक वर्षमा गरेका कामहरुको समीक्षा गरेका छन् । जनता भ्वाइसले जनप्रतिनिधिहरुको आफ्नो चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षाका लागि गरेको कुराकानीमा वाइबाले आफ्नो यस वर्षको कार्यकाल सफल रहेको बताएका हुन् । आफूले आफ्नो चालु कार्यकाल बजेटका हिसाबमा आफ्नो वडामा कम रकम भएपनि त्यसको सदुपयोग गरी नागरिकहरुको ओठमा खुशी ल्याएको प्रतिक्रिया दिएका छन् ।

‘कोरोना भाइरसको अत्यपछि आफ्नो वडाका युवाहरुलाई स्वरोजगार बनाउने विषयमा यहाँको योजना के छ ?’ भन्ने जनताभ्वाइसको जिज्ञासामा वाइबाले भने, ‘हामी वडास्तरका जनप्रतिनिधिले त सपना देख्ने मात्रै हो । वडामा वर्षमा आएको ५०–६० लाख बजेटले वडाको हालको बजेटले एउटा टोलबासी मिलेर खाजा खाने हो भने त्यही पनि पुग्दैन । यति रकमले रोजगारी सिर्जना गर्छु भन्नु त कल्पना मात्रै हो । स्वरोजगारका लागि प्रदेश वा संघीय सरकारले नै पहल गर्नु पर्ने अवस्था छ । गाउँमा भएका बाँझा भूमिहरुलाई त्यहाँको अवस्थिति अनुसार तरकारी तथा अन्य खेतीहरुलाई प्रवर्धन गर्न सकियो भने राम्रो हुन्छ ।’

फुलासी प्राकृतिक तथा खेती, किसानीको लागि उपर्युक्त भूमि भएको वाइबाले बताएका छन् । उनी अगाडि भन्छन्, ‘म आफैंले पनि १ हजार ५ सय विरुवा सुन्तला रोपेको छु । वडाध्यक्ष भएपछि होइन, पहिलादेखि नै म लगायत मेरो वरपरका दाजुभाइहरुले फलफूल खेतीमा लागिरहनु भएको छ । २०५४ साल भन्दा अघिदेखि नै म कागती खेतीमा लागेको थिएँ ।’
राजनीतिमा निकै लचिलो हुनुपर्ने वाइबाले बताएका छन् । पार्टी तथा मतदाताहरुले जुन म्याण्डेड दिनुहुन्छ, सोही अनुसार आफूले गर्नुपर्ने धारणा वाइबाको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमण अनुगमनको बहाना गर्दै सरकारी खर्चमा पारिवारिक भ्रमणमा स्वास्थ्य राज्य मन्त्री रावत (भिडियो सहित)

Next Post

धरहारा निर्माणको गतिमा आइसोलेशन बनाउँदैछ, मन्थली नगरपालिका (भिडियो सहित)

Next Post
धरहारा निर्माणको गतिमा आइसोलेशन बनाउँदैछ, मन्थली नगरपालिका (भिडियो सहित)

धरहारा निर्माणको गतिमा आइसोलेशन बनाउँदैछ, मन्थली नगरपालिका (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.