असार ०३
रामेछाप । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै आज नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । गत सोमबार साँझ साढे ६ बजे बाँकेमा कोरोनाका कारण एक जना महिलाको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सम्ममा नेपालको ७३ जिल्लामा कोरोना फैलिएको छ । file Photo





