असार ०४
रामेछाप । रामेछापको मन्थली नगरपालिकले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराएको छ ।
यसअघी बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार बुधबार नगरपालिकाले नगरपालिकामा कार्यरत ९३ जना कर्मचारीको एक लाख बराबरको कोरोना बिमा गराएको नगप्रमुख रमेश कुमार बस्नेतले जनता भ्वाइसलाइ जानकारी दिए ।
उनले भने हामीले, हामीसँग कार्यारत सबैको कोरोना बिमा गरेका छौँ, जसको कोरोना बिमा गरेको छ, उनिहरुको पीसीआर परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आउनासाथ एक लाख बराबरको रकम तुरुन्तै भुक्तानी गरिने ब्यवस्था गरेका छौं । साथै कोरोना पुष्टि भएकाहरुको नगरपालिकाले नै कोरोनाको उपचार खर्च ब्यहोर्ने निर्णय गरिएको छ । केही अझै छुटेका हुन सक्छन् । उनीहरुको भोलीनै हुन्छ ।
उनीहरुको बिमा आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडमा गरिएको हो । फोटो बिपिन भट्टाराइ