असार ६, मनिषा खड्का ।
ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका १- सिमलचौरमा एक अचम्म गुफा छ । ‘काली गुफा’ नाम रहेको उक्त गुफामा विभिन्न आकृतिका ढुंगाहरु छन् । ढुंगामानै गाईको थुन देखिन्छ । हात्तीको सुढ देखिन्छ । ढुंगामानै सिता माता बस्ने सानो गुफा बनेको छ । गुफाको ढुंगामा पार्वती माताले हिड्ने बाटो देखिन्छ । यस गुफा भित्र सानो सानो झुट्टै झुट्टै गुफा छन् । जहाँ बनेका आकृतिहरु पनि आश्चार्यजनक नै छन् । यस गुफा भित्र छिर्न जो कोही डराउछ, कारण गुफा निकै भित्रसम्म पुगेको छ । साच्चिकै अच्चमको छ, यो गुफा ।
हलेसी महादेव थान जस्तै देखिने उक्त गुफालाई धार्मिक स्थान ‘महादेव मन्दिर’ बनाउने लक्षका साथ विवेकशिल युवा समाज- सिमलचौरको पहलमा मर्मत, सम्हार तथा पुनर्उत्थानको कार्य भइरहेको छ । यस कार्यमा उक्त गुफासम्म पुग्ने सिडी निर्माण, गेट निर्माण तथा मन्दिर स्थापना गर्ने योजना रहेको स्थानिय विवेकशिल युवा समाजका अध्यक्ष आस्तिक अधिकारी बताउछन् । उनि थप्छन् – “यस कार्यको लागि अहिले केही आर्थिक समस्या आइपरेको छ । त्यसैले धार्मिक स्थल निर्माणमा सहयोगी मनहरूले मन खोलेर सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा राखेका छौँ । तपाईंको सहयोग धार्मिक कार्यको लागि खर्च हुनेछ र यहाँलाई पनि पुन्य प्रप्ति हुनेछ । हामीले कतै रेस्टुरेन्टमा तिर्ने बिल यो पटक धार्मिक कर्मको लागि सहयोग गरौँ न है… ।”
प्रदेश नं. १ ओखलढुङ्गा जिल्ला सुनकोशी गाऊँपालीका वार्ड न १ बलखु , सिमलचौर अवस्थित काली गुफा ऐतिहासिंक र परौणिक गुफा मानिन्छ । परापूर्व कालमा भस्मासुर नामको दानबले लामो समय सम्म पशुपतिमा तपस्या गरि बस्दा महादेव प्रसन्न भै बारदान माग्ने क्रममा महादेबले त्यो दानबलाई तिम्रो तपस्या देखी म खुसी भए बारदान माग भन्दा , त्यो दानव भस्मासुरले मैले कसैको शिरमा हात राख्दा तेसको भस्म होस् भनी बरदान माग्यो र भगवान महादेवले तथास्तु भनी बरदान दिन साथ तपाई लाई नै मार्छु भनी सो दानवले भगवान महादेबकै शिरमा हात राख्न खोज्दा महादेब भाग्नुभयो र त्यस दानबले लखेट्दा भाग्दै जाने क्रममा यस गाऊँमा काली गुफा बनाई बसे । यस काली गुफामा पनी सो दानब आइपुग्यो र फेरी तेहा बाट भागेर हलेशीमा गई लुक्न पुगेका थिए भन्ने किम्बदंती पाइन्छ ।
यस काली गुफामा न त राज्यको नै ध्यान जान सकेको छ नत कुनै सम्बन्धित पक्षको ध्यान पुगेको छ । यस काली गुफाको संरक्षणको लागी एउटा तदर्थ समिती भने बनेको थियो । उक्त समिती ले पनि केहि काम गर्न नसकेको स्थानीयहरु को भनाइ छ ।

यो काली गुफाको लम्बाई ५० मिटर , चौडाइ ( भित्र ) २८ मीटर को पश्चिम भाग मा क़रीब १५०/२०० जना जती मानिस बस्ने स्थल छ भने पूर्व तिर भगवान महादेव निस्केको स्थान तर्फ क़रीब क़रीब १५० जना जती मानिस हरू बस्न मिल्ने स्थल रहेको छ ।
यस ठाऊँमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघीय सरकार कसैको ध्यान गएमा पर्यटकिय स्थलको रूपमा चिनाउन कती पनि समय नलाग्ने देखिन्छ । सम्बंधित निकायहरूले यस ठाऊँलाई चिनाउन कुनै पनि ठोस पहल नगरे पनि काली गुफालाई सरक्षण गर्न, प्रचार प्रसार गर्न बीबेकशिल युवा समाज सिमलचौर ले अहिले अग्रहणी भूमिका निर्बाह गर्दै व्यस्थापन गर्ने तयारी थालेको छ ।
यस अभियानमा काली गुफा संरक्षण समिति, बीबेकशिल युवा समाज सिमलचौर र सिमलचौर ओखलढूँगा सेवा समाज, जापान तदारुकतामा साथ लागि परिरहेको छ ।
एक थुकी सुकी, सय थुकी नदी भन्छन् । थोपा-थोपा मिलेर नै समुन्द्र बन्छ भन्ने उखानलाई चरितार्थ बनाउदै अहिले ‘आफ्नो गाऊँ – आफैँ बनाऊँ’ भन्ने नाराका साथ काली गुफा (महादेव बासोस्थान) मर्मत तथा सम्भार, महादेव मन्दिर निर्माण, गेट निर्माण, काली गुफासम्म पुग्ने डबल सिडीवाला बाटो निर्माण, खाने पानी व्यवस्था साथै सोलार बत्ती जडान र बर-पिपल पब्लिक पार्क निर्माणको अभियानमा यूवाहरू लागिरहेका छन् र सहयोगको अपिल समेत गरिरहेका छन् ।
काली गुफा सरक्षण समितिका अध्यक्ष फडिन्द्र पहाडी अनुसार देश विदेशमा रहेका सबैलाई अपिल गरिरहेको र सहयोगका लागि बैंकमा सहयोग रकम दाखिला गर्न सकिनेछ । उनका अनुसार नेपालमा हुने सहयोगी मनले माछापुच्छ्रे बैंकको काली गुफा संरक्षण समितिको नाममा रहेको खाता न. १००१५२४८१३६८७०१८ मा सहयोग गर्न सक्नेछन् ।

सहयोग संकलनको काममा ओखलढूँगा सेवा समाज समेत लागि परेको , ओखलढूँगा सेवा समाज , जापानको अध्यक्ष सन्तोष बानिया बताउछन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस्तो पुण्यभूमी तथा पर्यटकिय स्थल ओझेलमा परेकोले आफूहरू क्रियाशिलताका साथ अगाडी बढेको अध्यक्ष बानिया बताउछन् । बानियाका अनुसार जापानमा रहनुभएका सहयोगि मनहरूले ゆうちょ銀行 記号番号 17020ー13671001 お名前 パハディ ファディンドラ मा सहयोग गर्न सक्नु हुनेछ ।
यता सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी भने यस बारेमा आफूलाई केहि दिन अगाडी मात्र जानकारी भएको बताउछन् । कालि गुफा संरक्षण र प्रवर्धनका लागि पालिकाको कस्तो भूमिका रहन्छ भन्ने जनता भ्वाईसको सवालमा अध्यक्ष अधिकारी भन्छन् -“यो विषमा अहिले भनि हाल्न सक्ने अवस्था छैन । स्थलगत अवलोकन पछि मात्र के गर्न सकिन्छ भन्ने थाहा हुन्छ ।”





