असार ०६,
रामेछाप । शनिबार नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा २८२ जना पुरुष र ४९ जना महिला रहेका छन्।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा २८२ जना पुरुष र ४९ जना महिला रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ अस्पतालबाट १७६ जना ‘डिस्चार्ज’ भएका छन् । जसमा महिला १८ जना र पुरुष १५८ जना छन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १,५७८ पुगेको छ । जसमा महिला १४१ जना र पुरुष १,४३७ जना रहेका उनले जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ८ हजार ६ सय ०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७८ जना डिस्चार्ज भएका छन् । हालसम्ममा ७४ जिल्लामा कोरोना फैलिएको छ ।
अहिलेसम्मकै परीक्षण
मन्त्रालयकाअनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।
अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना छन् ।
file Photo
भिडियो हेर्नुहोस्
- थप ५८६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७१७७
- नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो : हिजो एकैदिन ३ जनाको मृत्यु
- आज ६७१ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ७८४८
- थप २ जनाको कोरोनाको कारण मृत्यु : २२ पुग्यो मृत्कको संख्या
- थप ५८६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७१७७
- थप ४२६ जनामा कोरोना पुष्टि : कुल संख्या ८२४७





