असार ६, मिलन वि.क.,
विश्वकै अनलाइन र्याङ्कीङ वेभसाइट ‘एलेक्सा ट्राफिक र्याङ्क’ नामक वेभसाइटले संसारभर खोलिएका अनलाइनहरुको र्याङ्किङ गर्ने गर्दछ । रामेछाप जिल्लामा चलेका अनलाइनहरु मध्ये जिल्लाको नम्बर १ अनलाइन ‘जनता भ्वाइस डट कम’ ले आजबाट आफ्नो नियमित प्रकशनमा अंग्रेजी भाषामा समेत समाचार प्रकाशनको अंग्रेजी संस्करण कार्य थालनी गरेको छ ।
शनिबारबाट थालनी भएको अंग्रेजी भाषामा समाचारको संस्करणलाई विश्वस्तरमा सूचनाको संजाल फैलाउने उद्यश्यले यस्तो कार्य प्रारम्भ गरिएको सामुदायिक मिडिया प्रा.लि. द्वारा संचालित जनता भ्वाइस डट कमका संचालक तथा अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
‘रामेछापका हरेक गतिविधिहरुलाई नेपाल बाहेक अन्य नेपाली भाषा भन्दा बाहिरका पाठकले समेत थाहा पाउन् भन्ने उद्देश्यले अंग्रेजी संस्करण थालनी भएको हो । कुना कन्दरमा रहेका जिल्लाहरुले कमै रुपमा अंग्रेजी संस्करण संचालन गरेकोमा यो काम चुनौतिपूर्ण हुँदाहुँदै पनि थालनी गरिएको छ, यसमा आउने विभिन्न चुनौतिहरुलाई सामना गर्ने साहस जनता भ्वाइसले गरेको छ । –श्रेष्ठ भन्छन् ।
अबका दिनमा जनता भ्वाइसमा आउने हरेक नेपाली भाषाका समाचारहरुलाई अंग्रेजी भाषामा भाषानुवाद गरेर प्रकाशन गरिने छ । जसको लागि अंग्रेजी भाषाको सम्पूर्ण जिम्मेवारीका लागि अंग्रेजी डेक्स सम्पादकको रुपमा आर.के. श्रेष्ठलाई नियुक्ति गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।





