असार ०६
रामेछाप । रामेछाप जिल्लामा थपिएका कोरोना संक्रमितहरु जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका स्थानिय रहेको खुलेको छ ।
उनीहरु गत जेठ २४ गते भारतबाट पालिका आइ क्वारेन्टिनमा बसेकाहरु रहेको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनाकारी दिए ।
आज नियमित मिडिया ब्रिफिङमा एक जना महिला सहित ३ जना रामेछापलीमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका थिए । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । उनिहरु सबैको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । file Photo





