असार ०७
रामेछाप । रामेछाप जिल्लामा कोरोना जित्नेको संख्या बढेको छ । शनिबार मात्रै १३ जना जिल्ला अस्पताल रामेछापबाट डिस्चार्ज भएका थिए । आज गोकुलगंगा गाउँपालिकाका ११ जना भारतबाट आएकाहरुले कोरोना भाइरस संक्रमणलाइ परास्त गरेका हुन ।
उनीहरुलाइ गत जेठ २३ गते संक्रमण पुष्टि भएको थियो । उनीहरु १७ जिल्ला अस्पतालमा उपचार गराएर बसेको र दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ जानकारी दिए । डिस्चार्ज हुनेमा सबै पुरुष छन् ।
त्यस्तै लिखु तामाकोसी गाउँपालिकाका २ जनालाइ पनि चाडै डिस्चार्ज गरिने उनले बताए । १७ जना संक्रमित मध्ये याहाँबाट रेफर गरि पाटन पठाएका एक बाहेकको स्वाब संकल गरि पठाएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए । अब कुल २६ जना संक्रमित पुगेको जिल्ला अस्पतालमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था सामन्य रहेको बताइएको छ ।