Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

व्यवसायीको हितमा बोल्ने रामेछाप उद्योग वाणिज्य संघ २० प्रतिशत छुटको ललिपप देखाउँदै, भाडा असुल्दै

जनता भ्वाइस by जनता भ्वाइस
June 22, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
व्यवसायीको हितमा बोल्ने रामेछाप उद्योग वाणिज्य संघ २० प्रतिशत छुटको ललिपप देखाउँदै, भाडा असुल्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

असार ७, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप उद्योग वाणिज्य संघले लकडाउनका कारणले मारमा परेका रामेछाप जिल्लाभित्र संघमा आवद्धता राख्ने व्यवसायीहरुलाई विभिन्न शिर्षकमा छुट् गर्ने निर्णय गरेको छ ।
शनिवार संघको नियमित मासिक बैठकले यस्तो निर्णय गरेको महासचिव नवराज ढुङ्गेलले जनता भ्वाइसलाई जानकारी दिएका छन् । आगामी असार मसान्तसम्म संघमा आवद्ध भएका व्यवसायीहरुको सदस्यता नवीकरण गराएमा मात्र सोको लागि लाग्ने ५ सय रुपैयाँ र आफ्नो घरको भाडामा बस्ने व्यवसायीहरुलाई घरभाडामा २० प्रतिशत छुट् गर्ने निर्णय गरेको हो । हालका दिनसम्म रामेछाप उद्योग वाणिज्य संघको भवनमा व्यवसाय गरी बस्ने व्यवसायीहरुले उच्चतम १६ हजार रुपैयाँ भन्दा बढी भाडा तिर्ने गरेका छन् ।
उल्लेखित भाडा दरमा जम्मा २० प्रतिशत छुट हुनेछ । जसको हिसाव प्रतिशत हेर्दा ३ हजार २ सय छुट् हुनेछ ।


उता सरकारले चैत्र महिनाको भाडा कोही घरधनीहरुलाई नलिन भनेको छ । यतिसम्म कि चैत्र महिनाको भाडा कोही कसैले लिएमा कारबाही समेत गर्छु भनेको अवस्थामा रामेछाप उद्योग वाणिज्य संघले भने लकडाउनको ३ महिने समय अर्थात् चैत्र, बैशाख र जेठ महिनामा समेत जम्मा २० प्रतिशत छुट् दिएर व्यवसायीहरुलाई पन्छाएको हो ।
उल्लेखित मासिक भाडा रकमको २० प्रतिशतले हिसाब गर्ने हो भने जम्माजम्मी ३ महिनामा ९ हजार ६ सय रुपैयाँको छुट् हुने देखिन्छ । अझ अर्को रमाइलो कुरा के छ भने यो छुट् पनि असार मसान्तसम्म व्यवसायीहरुले भाडा बुझाए भने मात्र पाउनेछन् ।


यो निर्णयले रामेछाप उद्योग वाणिज्य संघका आम सदस्यहरुलाई ५ सय रुपैयाँको २० प्रतिशतले छुट् पाउँदा १ सय रुपैयाँ छुट् हुने देखियो । त्यो १ सय रुपैयाँको छुट् हुनु र नहुनुले कुनै खास महत्व नराख्ला किनकी लाखौं रकम व्यवसायको नाममा बजारमा छरेर बसेका व्यवसायीहरुलाई १ सय रुपैयाँ छुट् हुनु उत्साहजनक निर्णय होइन । तर ३ महिनादेखि जम्माजम्मी करिब १ हजार रुपैयाँको व्यापार गर्न नसकेका रामेछाप उद्योग वाणिज्य संघको भवनमा व्यापार गर्ने व्यवसायीहरुले अब असार मसान्तसम्म ३८ हजार ६ सय भन्दा बढी रकम कसरी जम्मा पार्ने ?


हुन त ३ हजार २ सय रुपैयाँ रकमको छुट् पनि कम त होइन तर ९ हजार ६ सय छुट् पाउनको लागि अब संघको भवनलाई भाडामा लिएका व्यवसायीहरुले कम्तिमा एकमुष्टमा ३५ हजार ४ सय रुपैयाँ भन्दा बढी रकम असार मसान्तसम्म बुझाउनु पर्नेछ ।
यस सम्बन्धमा रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज ढुङ्गेल आफूहरुलाई सरकारले चैत्र महिनाको भाडा छुट् गर्ने भन्ने बारेमा थाहा नभएको र यस्तो कुनै पनि परिपत्र कार्यालयमा नआएकोले २० प्रतिशत छुट् मात्रै गरेको प्रतिक्रिया दिन्छन् । जनता भ्वाइससँग यस बारेमा प्रतिक्रिया दिँदै ढुङ्गेल भन्छन्, ‘हामीले घरभाडामा २० प्रतिशत छुट् दिएर बजारका अन्य घरधनीहरुलाई पनि देखाएका छौं । हाम्रो स्टाफ खर्च लगायत अन्य खर्च धान्नका लागि भएपनि चैत्र महिनाको भाडा छुट् गर्न सकिएन । औपचारिक निर्णय नभइसकेको अवस्थामा साउन महिनामा पनि छुट् रकम दिन सकिन्छ कि भन्ने लाग्छ ।’

नियमित मासिक बैठकले गरेको निर्णयलाई नै आधार मान्दा आगामी असार मसान्तसम्म मात्र ३ महिनाकै भाडा तिरेमात्र २० प्रतिशत छुट् पाइने छ । साउनमा असार सम्मको भाडा बुझाउने अवस्था आयो भने त्यो पनि पाइँदैन ।
रामेछाप उद्योग वाणिज्य संघको यो निर्णयले देवकोटा चोकमा महंगो भाडा तिरेर व्यवसाय गरिरहेका उसैका व्यवसायीहरुलाई दाँतमा ढुङ्गा लागेको छ । सरकारले भनेको कुरा रामेछाप उद्योग वाणिज्य संघलाई त जानकारी हुँदैन भने आम घरधनी, जो बैंकको ऋणको व्याज बुझाउन नसकेर फिटिफिटी परेको छ, उसले के बुझ्न सक्थ्यो र ? यस्तो निर्णयले चैत्र महिनाको घरभाडा छुट् हुन्छ कि भनेर आशामा बसेको व्यवसायीहरुको आशाको धागो चुँडिएको अवस्था छ । रामेछाप उद्योग वाणिज्य संघले कम्तिमा आफ्नो घरमा बस्ने व्यवसायीहरुलाई छुट् गरिदिएको भए अन्य घरधनीहरुलाई उसकै पहलकदमीमा एक महिनाको भाडा छुट् गराउन सहयोग मिल्ने देखिन्थ्यो । तर अब मन्थली बजारका अन्य घरधनीहरुले चैत्र महिनाको भाडा छुट् गर्ने छैनन् किनकी व्यवसायीहरुको छाता संगठनले समेत २० प्रतिशतको दायरा बनाइसकेको छ ।


संघले गरेको निर्णय अनुसार अब आज आइतबारको मितिदेखि जम्मा २५ दिन यो निर्णले काम गर्नेछ । यही २५ दिनमा व्यवसायीहरुले पसल खोलेर ३८ हजार ६ सय जम्मा पार्न असम्भव छ, किनकी आंशिक रुपमा मन्थली बजार खुले पनि जसका लागि पर्याप्त ग्राहक आउन सकेका छैनन् । झन उल्लेखित रकममा १६ हजार भन्दा बढी भाडा असार महिनाको पनि जोडिने नै भयो ।
महासचिव ढुङ्गेलको भनाई अनुसार जिल्लाका सबै पालिकाहरुमा आफ्ना व्यवसायीहरुलाई पालिकास्तरमा लाग्ने सम्पूर्ण करमा छुट् दिने व्यहोराको परिपत्र गर्ने समेत निर्णय भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज कोरोना पुष्टि भएका संक्रमित मन्थली नगरपालिका फुलासिका स्थानिय

Next Post

अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित

Next Post
अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित

अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...