Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार
0
अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ०८,

रामेछाप । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता पाउने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । ७ वर्ष देशभित्र बसेको प्रमाणित भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि मात्र सम्बन्धित महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था छ । आइतबार बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले सो ब्यबस्था गरेको हो ।

तर त्यस अवधिमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउन सक्ने व्यवस्था पनि गरिएको छ । यो अनुमतिपत्र प्राप्त गरेपछि पेसा, व्यवसाय सञ्चालन, उद्योग व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइनेछ । त्यसैगरी जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइलगायतका व्यक्तिघत घटना दर्ता गर्न पाइनेछ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत राखेपछि समितिले बहुमतले प्रस्ताव पारित गरेको हो ।  

कांग्रेसको तर्फबाट दिलेन्द्रप्रसाद बडु र जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोले वैवाहिक नागरिकताको सात वर्षे प्रावधानप्रति आ–आफ्नो पार्टीको फरक मत दर्ता गराएका थिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

व्यवसायीको हितमा बोल्ने रामेछाप उद्योग वाणिज्य संघ २० प्रतिशत छुटको ललिपप देखाउँदै, भाडा असुल्दै

Next Post

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमित भेटिए : कोभिड अस्पताल विराटनगर लैजाने तयारी

Next Post
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमित भेटिए : कोभिड अस्पताल विराटनगर लैजाने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.