Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालको रसुवामा आज सम्म देखिएको छैन् कोरोना

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार
0
नेपालको रसुवामा आज सम्म देखिएको छैन् कोरोना
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ८,

काठमाण्डौ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९ हजार नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार कोरोना सङ्क्रमित ९ हजार २६ पुगेका छन् । अहिलेसम्म २३ जनाको ज्यान गएको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमित दिनदिनै बढ्दै गएका छन् । हप्तामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिएका छन् । गएको जेठ ३२ गतेसम्म ५ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

असार १ गते ४ सय ५१ जना, २ गते ३ सय ८०, ३ गते ५ सय ८६, ४ गते ६ सय ७१, ५ गते ४ सय २६, ६ गते ३ सय ३१ र हिजो ४ सय २१ जना थपिएका हुन् ।

जेठ ३२ गते रुकुमपश्चिममा संक्रमण पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमण नदेखिएका ३ जिल्लामा पनि सङ्क्रमण भेटिएको छ । मनाङ, मुस्ताङ र ओखलढुंगामा सङ्क्रमण देखिएको हो । मनाङमा कपिलवस्तुबाट गएका कर्मचारीमा सङ्क्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद बिन्दु शर्माले बताए ।

मुस्ताङमा ८३ वर्षका वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो ओखलढुंगामा सङ्क्रमण भेटिएपछि ७६ जिल्लामा सङ्क्रमण भेटिएको पुष्टि भएको हो । ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षका युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए ।

तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा सङ्क्रमण भेटिएको पुष्टि गर्न बाँकी छ । अब वाग्मती प्रदेशको रसुवामा मात्रै संक्रमण देखिएको छैन । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ छ । अब नेपालमा कोरोना संक्रमित हुन बाट एक जिल्ला मात्रै बाँकी रहेको छ ।

आज बिहान पनि थपिए संक्रमित

गण्डकी प्रदेशमा २० जना सङ्क्रमित थपिएका छन् । दुई महिलासहित १९ पुरुष थपिएका हुन् । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूूर्वका ८ जना रहेका छन् ।

स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन् ।
यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका ५४० जना सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।

file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापसहित वागमती प्रदेशका १० जिल्लामा फौजी किरा प्रकोप

Next Post

चिकित्सा शिक्षा नियमावली तोडमोड गरेको भन्दै चिकित्सकहरुको विरोध

Next Post
चिकित्सा शिक्षा नियमावली तोडमोड गरेको भन्दै चिकित्सकहरुको विरोध

चिकित्सा शिक्षा नियमावली तोडमोड गरेको भन्दै चिकित्सकहरुको विरोध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.