असार ०८
रामेछाप । सिन्धुली जिल्ला अस्पतालबाट कोरोना भाइरस संक्रमणलाई जितेर तीन जना डिस्चार्ज भएका छन् । आज उनीहरु तीन जना एकै पटक डिस्चार्ज गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।
उनीहरुलाईको दोस्रो पटकको पीसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सिन्धुली अस्पतालका प्रमुख जितेन्द्र शाहले जनता भ्वाइसलाई जानकारी दिए ।
कोरोना भाइरस अर्थात् (कोभिड १९) पोजेटिभ देखिएका तिन युवाहरुलाई सोमवार सिन्धुली अस्पतालले उनीहरुलाई माला, खादा, टिका लगाएर विदाइ गरेको छ । भारतबाट आएका तीन युवामा कोरोना पोजेटिभ देखिएपछि सिन्धुली अस्पतालको आइसोलेसनमा राखि उपचार गरिएको थियो ।
कोरोना जितेर घर फर्किनेमा तीनपाटन गाउँपालिका–३ का चन्द्र गोले, कमलामाई नगरपालिका –११ का कुमार गोले र कमलामाई नगरपालिका–१४ का मनोज गदौली हुनु । यस्तै कमलामाई नगरपालिका–१० का एक जना पुरुष भने अहिले आइसोलेसनमा हुनु ।
कोरोना जितेर घर फर्कनेलाई विदाई गर्दै अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले कोरोना भाइरस बिरुद्धको संघर्षर्मा विभिन्न ढंगले सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरे । तिनै जनाको दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।