Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार
0
जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई संलग्न भर्चुअल बैठकमा अच्चम्मको लाजमर्दो घटना भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित ‘जुम एप’ भर्चुअल बैठकमा भएको घटनालाई सबैलाई लाजमर्दो बनाइदिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका भट्टराईले उक्त बैठकमा सम्बोधन गर्न थालेपछि एक्कासी (अश्लिल) पोर्न भिडियो बज्दा परिस्थिति अन्योलपूर्ण भएको थियो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेको बताइएको छ ।

जुम एप बैठक

लकडाउनको कारण सामाजिक दूरी कायम गर्न हिजोआज प्रविधिको प्रयोग गरेर बैठकहरु आयोजना भइरहेका छन् । पछिल्लो पटक जुम नामक एप यस कामका लागि खुबै प्रयोगमा आउने गरेको छ । तर यो एपमा छलफल चलिरहँदा लाजैमर्दा घटनाहरु दोहोरिन थालेका छन् ।

यसअघि नेपालमै र नेपालबाहिर पनि यस्ता घटना भएको सार्वजनिक भइरहेका छन् । यस्तो काम ह्याकरहरुबाट हुने गरेको बताइएको छ । अश्लिल भिडियो प्ले भएपछि तत्कालै एडमिनले भिडियो काटेका थिए । उक्त समयमा पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन क्षेत्रमा भएको समस्याबारे आफ्ना धारणा राखिरहेका थिए ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

थप ५३५ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ९५६१

Next Post

२४ घण्टामा ३७० जनाले जिते कोरोना : डिस्चार्ज हुने कुल संख्या २,१४२

Next Post
जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज

२४ घण्टामा ३७० जनाले जिते कोरोना : डिस्चार्ज हुने कुल संख्या २,१४२

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...