असार ०८
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउन मसान्तमा गर्ने निर्णय भएको छ । हिजो (आइतबार) महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले गरेको निर्णयलाई आज (सोमबार) को कार्यसमिति बैठकले अनुमोदन गरेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए । चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड-१९ को महामारीका कारण मिति सारिएको थियो ।
जेठमा गर्ने भनिएको साधारणमा जेठमा पनि सम्भव भएन । त्यसपछि भएको तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो । file Photo





