असार ०९
ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ मा ट्याक्टर दुर्घटना भएको छ । देउराली भन्ने ठाँउमा भएको दुर्घटनामा परी चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
सोलु करिडोर ३३ केभी–ए–प्रसारण लाईनको तार टाँगेर फर्कदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान दुर्घटना हुँदा चालक भारत पश्चिम बंगालका अन्दाजी २७ वर्षीय सञ्जय बरमनको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारका क्रममा दिउँसो ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहको र ट्याक्टरको कागजपत्र झिकाउने काम भैरहेको प्रहरी निरिक्षक बस्नेतले बताए । file Photo