Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँपालिकाले गर्ने गराउने कार्यक्रममा पेश्की दिने कार्य पूर्ण रुपमा बन्देज (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गाउँपालिकाले गर्ने गराउने कार्यक्रममा पेश्की दिने कार्य पूर्ण रुपमा  बन्देज (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । दोरम्बा गाउँपालिकाको आर्थिक वर्ष २०७७–०७८ वार्षिक नीति तथा कार्यक्रम मंगलवार सार्वजनिक गरिएको छ । सो गाउँपालिकाको कार्यालय, टोकरपुरमा सार्वजनि भएको उक्त नीति तथा कार्यक्रमहरु गाउँसभालाई सम्बोधन गर्दै सो पालिकाका अध्यक्ष कमानसिँ तामाङ्ले प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यतया ६ वटा नीतिहरुलाई दोरम्बा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो मुख्य एजेण्डा बनाएको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातारण तथा विपद् व्यवस्थापन, संस्थागत विकास र वित्तिय व्यवस्थापन तथा सुशासन नीति गरी जम्मा ६ वटा नीतिहरुलाई सार्वजनिक गरिएको हो । आगामी आर्थिक वर्षको लागि गाउँपालिकाले तर्जुमा गरिएको नीतिहरु केही सामान्य छन् भने कही नीतिहरु कोरोना भाइरस (कोभिड १९) का कारण लागु गर्नमा समस्या हुने देखिएकोले महत्वकाँक्षी समेत रहेका छन् । आर्थिक विकास नीति अन्र्तगत गाउँपालिकाले ३ वटा भिन्न विषयहरुलाई जोड दिएको छ । जसमा कृषि तथा पर्यटन, उद्योग तथा सहकारी र पशुसेवालाई गाउँपालिकाले विशेष जोड दिएको हो ।

कृषि तथा पर्यटनका प्रवर्धनका लागि गाउँपालिकाले विभिन्न १७ वटा योजनाहरुलाई अगाडि सारेको छ । स्थानीय स्तरमा उत्पादन हुने विभिन्न अन्न तथा फलफूलहरुको लागि गाउँपालिका निकै लचक देखिएको छ । सामुहिक खेती प्रणालीलाई गाउँपालिकाले विशेष महत्व दिएकोले गाउँस्तरमा भएका युवालक्षित कृषि प्रणाली मार्फत विभिन्न सीपमूलक तालिम समेत गाउँपालिकाले प्रदान गरी आयस्तरको वृद्धिगर्ने योजना बनाएको छ । त्यस्तै उद्योग तथा सहकारीको क्षेत्रमा पनि गाउँपालिकाले ८ वटा योजनाहरु सार्वजनिक गरेको छ । जुनसुकै गैरसरकारी संस्थाबाट प्रदान गरिने सबै प्रकारका सहयोगलाई गाउँपालिकाले एकद्वार प्रणालीबाट लागु गर्न स्वीकृति दिने समेत बताएको छ । पशुसेवाका क्षेत्रमा विभिन्न ७ वटा योजना निर्माण गरेका गाउँपालिकाले कृषकहरुलाई पशुपालनमा आकर्षित गर्न नश्ल सुधारको नीतिलाई अगाडि सारेको देखिन्छ । सामाजिक विकास नीतिभित्र शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा सरसफाई र महिला बालबालिका युवा तथा जेष्ठ नागरिकहरु प्रति लक्षित कार्यक्रम गाउँपालिकाले बनाएको छ ।

शिक्षा युवा तथा खेलकुद भित्र पालिकाले विभिन्न ३४ वटा योजनाहरु अघि सार्दै एक विद्यालय एक नर्स कार्यक्रमलाई हरेक विद्यालयमा प्रभावकारी ढंगले लैजाँदै विद्यालयका बालकालिकाहरुको सरसफाइमा प्रथमिकता दिने जनाएको छ । वर्तमान समायमा कोभिढ १९ प्रति सबै वडास्तरमा ऐक्यवद्धता गर्न समेत गाउँपालिकाले आह्वान गरेको छ । जातीय छुवाछुत मुक्त गर्न समाजमा जनचेतना विस्तर गर्ने र महिला तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न समेत गाउँपालिका तत्पर देखिएको छ । पूर्वाधार नीतिका लागि अझै पनि गाउँपालिका सडक निर्माण र व्यवस्थापनको कार्यमा नै लागेको छ भने पालिका स्तरका विभिन्न आवश्यकीय स्थानमा भवन निर्माण गरी कार्यसंचालन गरिने गाउँपालिकाले बताएको छ । आफ्नो पालिका स्तरमा भएका बहुमूल्य जडिबुटीहरुको प्रशोधन संकलन कार्यलाई अगाडि बढाउने बताउँदै पालिकाले वडास्रतबाट प्रवाह गरिने नागरिकहरुप्रतिका सेवालाई चुस्त दुरुस्त बनाउने पालिकाको सोच रहेको छ । गाउँपालिकाले गर्ने गराउने कार्यक्रममा पेश्की दिने कार्य विगतको जस्तै आगामी वर्ष पनि पूर्ण रुपमा पालिकाले बन्देज लगाउने छ ।

वडास्तरको अभिलेख प्रणालीलाई व्यवस्थापन गर्न वडा कार्यालयका कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । मंगलबार प्रस्तुत नीति तथा कार्यक्रम प्रति आफू उत्साहित रहेको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मीले प्रतिक्रिया दिएका छन् । ‘विगतमा नीति तथा कार्यत्रम अनुसार अगाडि बढ्न विभिन्न कारकतत्वहरु हावी भएकोमा यो वर्ष त्यस्तो नहुने विश्वास रहेको छ । यो नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन सबै तह र तप्काको बिनास्वार्थ सहयोग रहनेमा मलाई विश्वास छ ।’ रेग्मी बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओखलढुंगामा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

Next Post

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

Next Post
भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.