असार १०,
काठमाडौं । आज नेपाल कम्नयुस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्दै छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । (नेकपा)ले बोलाइएको स्थायी कमिटीको बैठकको बिषयलाई लिएर भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिलेको अवस्थामा देखा परेको विभिन्न समसामयिक बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपाले आज स्थायी कमिटीको बैठक बोलाएका हो । नेकपाभित्र पछिल्ला दिनमा एकपछि अर्को विवाद सिर्जना हुदै आएको छ । प्रधानमन्त्री ओलीले बैशाख ८ गते पार्टी विभाजन सम्बन्धी दुई अध्यादेश जारी गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।
आज (बुधबार) बैठकमा मुख्य गरी एमसिसी, सिमा विवाद, कोरोना भाइरस, सरकार र पार्टी नेतृत्व कार्य असन्तुष्टि, भ्रष्टाचार र अनियमिता लगायतको बिषयमा छलफल हुने बुझिएको छ। file Photo