असार १०
रामेछाप । रामेछापको मन्थली नगरपालिकाको सातौं नगरसभामा १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैयाँको बजेट पेश गरिएको छ ।
नगर उप प्रमुख मायाँ कार्कीले सो प्रस्ताविक बजेट रकम पेश गरिकी हुुुुुुुुन । कुल विनियोजन गरिएको बजेट रकम मध्ये आन्तरिक चालु तर्फ रु १२ करोड ६ लाख र सशर्त चालु तर्फ रु ५४ करोड अर्थात ६३ प्रतिशत बजेट विनियोजन प्रस्ताव गरिएको छ ।
त्यस्तै निशर्त आयोजना तथा कार्यक्रम तर्फ पूँजिगत समेतको लागि रु ४० करोड ४० लाख अर्थात ३७ प्रतिशत रकम छुट्याइएको छ ।
मन्थली नगरप्रमुख रमेश बस्नेतको अध्यक्षतामा मन्थलीस्थित सामूदायिक मिडिया हलमा सो बजेट बाँड्फाँडका लागि प्रस्ताव गरिएको हो । अहिले सो बजेट बारे छलफल जारी छ । यसलाइ छलफल पश्चात मात्र २०७७/७८ को प्रस्ताविक बजेट पारित हुनेछ ।