असार १०,
रामेछाप । रामेछापको सुनापती गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्न स्थानियले डेढ करोड बराबरको जग्गा निशुल्क हस्तान्तरण गरेको छ । पालिकाको वडा नं ३ का स्थानिय ७५ वर्षिय फत्त बहादुर तामाङले मंगलबार ३ रोपनी जग्गा निशुल्क हस्तान्तरण गरेका हुन ।
उनले मंगलबारनै जिल्ला मालपोत कार्यालय रामेछापमा आएर आफ्नो नामको जग्गा इलाका प्रहरी कार्यालय निर्माणको लागि जिल्ला प्रहरी नीरिक्षक तथा प्रहरी प्रवक्ता टेकेन्द्र शर्मा पौडौललाइ जग्गाको लाल पुर्जा हस्तान्तरण गरे ।
उनले आफ्नो नाममा साँदिडाडामा रहेको ३ रोपनी क्षेत्रफलको जग्गा जिल्ला मालपोत कार्यालय रामेछापमा आई सामाजिक सेवा बापत दान स्वरुप ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नाममा जग्गा पास गरी प्रहरी प्रवक्तालाइ जग्गाको लाल पुर्जा हस्तान्तरण गरेका हुन । जग्गा दान गर्ने दाताका छोरा मोहन कुमार थिङले जनता भवाइससंग बुबाको भनाइ उद्रित गर्दै भने- हामीले ३ रोपनी जग्गा मेरो स्व-ईच्छाले दिएको हौँ ।
हामीले परिवारका सहमतिमा जग्गा दिएका हौँ, हामीले यस पालिकाका स्थानिय सरकार गठन भएता करिब ८२ रोपनी जग्गा हस्तान्तरण गरिसकेका छौं । यो ठाँउमा विकास होस् भन्ने हेतुले स्वास्थ्य चौकी, पालिका बस्ने स्थान, प्रहरी कार्यालय लगायत बसोस् भन्ने उदेश्यले यो सबै गरेका हौं ।



