पुर्वपट्टि फर्किएको एउटा घर छ। त्यहिसँगै जोडिएर दक्षिण फर्किएको छ,अर्को घर। घरहरुकै काखमा छ,थोरै खुल्ला चौर। पुर्वपट्टि फर्किएको घरको छातिमै टाँसिएका छ्न्, म.न.पा.१२ नं. वडा कार्यालय गेलु,सामुदायिक मेलमिलाप केन्द्र र म.न.पा.पशु सेवा शाखाका तीन बोर्डहरु। दक्षिण फर्किएको घरको छातिमा टाँसिएको छ,सहरी स्वास्थ्य केन्द्रको बोर्ड। यी सबै बोर्डहरु म.न.पा.१२ का बासिन्दासँग जोडिएका र प्रत्यक्ष सरोकार राख्ने बोर्डहरु हुन्। तर ती बोर्डहरु १२ नं. वडाका बासिन्दाप्रती कतिको उत्तरदायी र जिम्मेवारीपुर्ण छन् ? भन्ने प्रश्न मुलभुत प्रश्न हो। हुन त ती बोर्डहरुलाई वडाबासिप्रती उत्तरदायी र जिम्मेवारीपुर्ण बनाउँन वडाबासिको नि महत्वपुर्ण भुमिका रहन्छ। तर चेतनाको अभाव भनौँ या ‘आ जे सुकै होस्’ भन्ने प्रवृति वडाबासिमा हावी भएको पाईन्छ। जसले गर्दा ती बोर्डहरु जुन मात्रामा र जुन किसिमले वडाबासीप्रती उत्तरदायी र जिम्मेवारपुर्ण हुनुपर्ने हो,त्यति भएको पाईँदैन।
अरु बोर्डको खासै कुरा नगरौँ। जिल्ला र अन्य सरकारी अस्पताल र पशु शाखामा त भनेको बेलामा भनेको औषधी नपाइँने नमिठो अनुभुति हामीसँग छ भने वडा स्तरका यी शाखामा जीवनजल र नाम्लेको औषधी नपाउँदा खासै अनौठो नलाग्न सक्छ। अनौठो नमान्दा हुन्छ। गाउँका दुई-चार जनाले रोजगारी पाएका छ्न्,यसैमा खुशी हौँ। यसैमा गर्व गरौँ। अब कुरा गरौँ म.न.पा. १२ नं. वडा कार्यालय गेलुको। यो बोर्डमा आँखा पर्नासाथ मलाई एक किसिमको गर्वको अनुभूति हुनुपर्ने हो। अपनत्व हुनुपर्ने हो। तर मैले यो अनुभुति विरलै गरेको छु। स्वतन्त्र युवाहरुले यो अनुभूति विरलै गरेका छ्न्,सायद। किनभने म र मैजस्ता स्वतन्त्र युवाहरुले हालसालै भोगेको एउटा यथार्थ र एउटा नमिठो अनुभूति हो- गाउँ,टोल र बस्तीबाट योजना माग गर्दा,आफ्ना बाहेकका अन्य युवा र स्थानिय बासिन्दालाई जानकारी नगराउँनु। प्रविधिले विश्वलाई साँघुरो घेरामा समेटेको यो डिजिटल युगमा पनि सामाजिक संजाल लगायतका सोसल मिडिया र रेडियो,एफ.एम.बाट कुनै सूचना र जानकारी सम्प्रेषण नगरिनु। वडाले गाउँ,टोल र वस्ति तहका योजना छनौट गर्दा ध्यान दिनुपर्ने कुरा मध्ये एउटा बुँदामा प्रष्ट भनिएको छ- “प्रत्येक वडाले वडाभित्रका वस्तिहरुमा योजना तर्जुमाको लागि बैठक हुने दिन, मिति र समय कम्तिमा तीन दिन अगावै सार्वजनिक सूचना मार्फत जानकारी गराउँनु पर्ने छ।
” यो बुँदाले भनेजस्तो कोरोनाको यो कहरमा प्रत्येक गाउँ,टोल र बस्तिमा पुग्न सम्भव नहोला। बैठक र भेला गर्न सम्भव नहोला। तर वडाले वडामै योजना माग गर्दा चाहिँ के सार्वजनिक सूचना जारी गर्नु नपर्ने हो ? वडाबासीले थाहा पाउँनु नपर्ने हो ? युवाहरुले थाहा पाउँनु नपर्ने हो ? कि आफ्ना मातहतका व्यक्ति र संस्थाले मात्रै थाहा पाए हुने हो ? सार्वजनिक सूचना जारी गरेर वा सवैलाई जानकारी गराएर सबै क्षेत्र,वर्ग,लिंग र समुदायको सहभागीतामा यसलाई खुल्ला छलफलको विषय बनाउँन किन सकेनौँ ? थाहा छ वडाले सजिलै जवाफ दिन्छ, कोरोना कहर। वडाले चाहेको भए,वडा प्राङ्गणमा रहेको खुल्ला चौरमा दुरी कायम गरेर पनि छलफल गर्न सकिन्थ्यो। तर दुर्भाग्य त्यो गरिएन। त्यसो गर्न आवश्यक ठानिएन। आफ्ना मातहतका व्यक्तिहरुलाई बोलाएर सकेसम्म गोप्य रुपमा योजना माग गर्न खोजियो।
सोही अनुरुप कार्यक्रम राखियो। तर पङ्तिकारले अन्य माध्यमबाट जानकारी पाएको हुँदा,पङ्तिकारको गाउँ-टोलबाट पङ्तिकार स्वयमले,घुर्पाङ्ग गाउँ-टोलबाट प्रविन लगायतका सचेत युवाहरुले र वडा कार्यालय रहेको गाउँ-टोलबाट विजय लगायतका सचेत युवाहरुको संयोजनमा युवाहरुको उल्लेख्य सहभागिता गराई युवाहरुका साझा माग जस्तो क्षेत्र पहिचान गरि माछापालन,पशुपालन,तरकारी खेती,स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोतहरुको पहिचान र उत्खनन र जनजिविकासँग जोडिएका अन्य थुप्रै कुराहरू समावेश गरेर साझा पेश गरेका थियौँ। वडा यसमा सकारात्मक देखिएको छ। आगामी दिनमा वडाले यसलाई कसरी लिन्छ र कसरी अगाडि बढ्छ ? त्यो त हेर्न बाँकी नै छ।
कि सधैँ बालुवामा पानी खन्याए जसरी विकासको नाममा पैसा मात्रै खन्याई रहने हो ? हामीले दिगो विकासमा ध्यान दिने कहिले ? हामीले विकासको अनुभूति गर्ने कहिले ?
यो त भयो वडा सन्चालन गर्ने नेतृत्वको प्रवृत्तिको कुरा। अब थोरै कुरा गरौँ,वडामा भएका विकास निर्माणको। वडाले आवश्यकताको पहिचान गरि भिन्न-भिन्न गाउँमा,भिन्न-भिन्न शिर्षकमा बजेट विनियोजन गर्छ। तर विनियोजित रकम सन्बन्धित ठाउँमा कसरी प्रयोग भईरहेको छ ? सदुपयोग भईरहेको छ कि दुरुपयोग ? यसको अनुगमन र निरीक्षण न नेतृत्वले गर्छ,न गाउँ,टोल र बस्तिका बासिन्दाले नै। खासमा यसको अनुगमन र निरीक्षण गर्नुपर्ने कसले हो ? वडाको नेतृत्वले हो कि ? दैनिक रोजिरोटिमा जुट्नुपर्ने स्थानीयले ? कि सधैँ बालुवामा पानी खन्याए जसरी विकासको नाममा पैसा मात्रै खन्याई रहने हो ? हामीले दिगो विकासमा ध्यान दिने कहिले ? हामीले विकासको अनुभूति गर्ने कहिले ?
विकास निर्माणको सवालमा अरु गाउँ,टोल र वस्तिमा के भईरहेको छ ? कसरी भईरहेको छ ? अन्तको कुरा गर्दिन। थाहा छैन। थाहा नभएको कुरा गर्दिन। म मेरै गाउँको कुरा गर्छु। म मेरै बस्ती र टोलको कुरा गर्छु। प्रदेशको ठूलो बजेटमा सिक्राल-घुर्पाङ्ग-खिम्ती(तामाकोशी) सडक खण्डमा निर्माण कार्य भईरहेको छ। टेण्डर आह्वान गरेर ठेकेदार मार्फत काम भईरहेको उक्त सडक खण्डमा मनपरी ढङ्गबाट काम भईरहेको छ। जहाँ आवश्यक हो,त्यहाँ मेसिनरी वाल र जाली हाल्नुपर्ने हो। धेरै ठाउँमा हालिएको पनि छ। तर केही अनावश्यक ठाउँमा र आफुलाई जुन स्थानमा काम गर्न सहज हुन्छ, त्यही ठाउँमा काम गरिएको छ। मेसिनरी वालमा जुन अनुपातमा सिमेन्ट र बालुवाको प्रयोग हुनुपर्ने हो,त्योअनुपातभन्दा बढि बालुवा प्रयोग गरी गुणस्तरहिन र कमसल संरचना निर्माण गरिएको छ। यसरी मनपरी ढङ्गबाट काम गर्ने विशेषगरी पेटि ठेकेदार हुन्। पेटि ठेकेदार स्वयम् स्थानीय तहका १२ नं वडाका निर्वाचित सदस्य पनि हुन्। ठेकेदार स्वयमले गरेको काम पनि हालसम्म पनि अधुरो र अपुरै छ। केही ठाउँमा त झन् जोखिम बढाएर छोडिएको छ।
पेटि ठेकेदार स्वयम् स्थानीय तहका १२ नं वडाका निर्वाचित सदस्य पनि हुन्। ठेकेदार स्वयमले गरेको काम पनि हालसम्म पनि अधुरो र अपुरै छ। केही ठाउँमा त झन् जोखिम बढाएर छोडिएको छ।
हिजो जनताले भोट दिएर जनप्रतिनिधि चुनेका हुन् कि ठेकेदार ? जनप्रतिनिधिको काम त,काम कसरी भईरहेको छ ? कस्ता सामानको प्रयोग भईरहेको छ,त्यसको अनुगमन र निरिक्षण गर्नुपर्ने हो नि। ल मानौँ एकछिनलाई ठेकेदार र पेटि ठेकेदार पनि हुन पाइयो रे। तर के जनप्रतिनिधि भन्दैमा जहाँ मन लाग्छ त्यहाँ काम गर्न पाइँनी हो ? विनियोजित बजेटले तोकिएको स्थान र ठाउँमा व्यवस्थित ढङ्गबाट गुण्स्तर कायम गर्दै काम गर्नुपर्ने हो कि ? एउटा काम शिरमा गरियो भने अर्को काम पुच्छरमा लगेर गर्दिनि हो ? जनप्रतिनिधिले चैँ इष्टिमेट अनुसार काम गर्नुपर्दैन ? के टेण्डर आह्वान गर्दा यहाँदेखी यहाँसम्म भनेर स्थान तोकिदैँन ? आवश्यकताको पहिचान गरिँदैन ? कि सरकारी काम कहिले जाला घाम भनेझैँ, सरकारी रकम मनपरि गरेर सकम भन्ने हो।
मनपरी ढङ्गबाट काम भएपछी स्थानिय केही सचेत युवा र पङ्तिकारले यस विषयमा चासो राख्दा ‘जहाँ मन लाग्छ,त्यहाँ काम गर्छु’ भन्छन्,पेटि ठेकेदार। प्रमुख नेतृत्वकै अघि पेटि ठेकेदारले यसो भनिरहँदा,प्रमुख नेतृत्व मौन बस्छ। यो दादागिरी कहिलेसम्म ? हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ कि एकतन्त्रीय जहानियाँ राणा शासनमा ? ठेकेदार काम गर्न नसक्ने बताउँछ। प्रमुख नेतृत्व कारबाहि गर्न सक्दैन। यसबाट पनि के थाहा हुन्छ भने विकास निर्माण सवालमा र अन्य सवालमा पनि प्रमुख नेतृत्व गैर जिम्मेवार बनेको देखिन्छ। जसरी अभिभावकले आफ्ना बालबच्चाले गल्ती र बदमासी गरे त्यसको जिम्मेवार उसका/उनका अभिभावक हुन्छ्न्। जिम्मेवारी लिन्छन्। हो प्रमुख नेतृत्व पनि १२ नं वडाबासिको अभिभावक हुन् र वडामा भएका गल्ती र कमजोरि जसले गरे नि प्रमुख नेतृत्वले कि जिम्मेवारी लिनुपर्दछ। कि कारबाहिको लागि तत्परता देखाउँनुपर्दछ।
नयाँ सोच र नयाँ कार्यशैलीको विकास हुन जरुरी छ। योजनाबद्ध दिगो विकासको खाका हुन जरुरी छ। तब मात्रै हामीले चाहेको,सोचेको र कल्पना गरेको विकास सम्भव होला।
नयाँ नेपालका नयाँ नेपाली हामी। तर हाम्रो कार्य गर्ने शैली भने पुरानो छ। हाम्रो सोच भने पुरानो छ। न हामिमा नयाँ सोच छ। न हामीमा नयाँ विचार। गाउँ,टोल र वस्तिमा बजेट छुट्यायो,वडालाई पुग्यो। वडाको काम हो,वडाले हेर्छ भन्ध्यो स्थानियलाई पुग्यो। यसरी त हामीले सोचेको,हामीले चाहेको र हामीले कल्पना गरेको विकास कहिले सम्भव होला र ? अत: हामीले वडाको विकास गर्ने हो भने,हामीले गाउँ-टोल र बस्तिमा विकासको अनुभूति गराउँनी र गर्नी हो भने सबै पक्षबिच(नेतृत्व र स्थानीय) उचित समन्वय हुन जरुरी छ। नयाँ सोच र नयाँ कार्यशैलीको विकास हुन जरुरी छ। योजनाबद्ध दिगो विकासको खाका हुन जरुरी छ। तब मात्रै हामीले चाहेको,सोचेको र कल्पना गरेको विकास सम्भव होला।
म.न.पा.१२,रामेछाप ।
(budhathokirabindra0@gmail.com)