काठमाडौं। माहानगरमा रहेर व्यापार व्यवसाय गरिरहनु भएका व्यवसायिहरूले अब स्थानिय सरकारलाई कति कर तिर्नुपर्छ भन्ने बारे दररेट तोकेको छ ।व्यवसायको प्रकृति हेरेर १ हजार देखि लाख सम्मको व्यवसाय कर काठमाडौं महानगरपालिकाले तोकेको छ ।आगामी आर्थिक वर्षका लागि महानगरले मदिरा आयातका लागि ३० हजार, सुर्तीजन्य पदार्थ आयातका लागि २५ हजार, मदिरा डिलरलाई १५ हजार, सुर्तीजन्य पदार्थ डिलरलाई १० हजार, मदिराका खुद्रा पसललाई १० हजार कर तोकेको छ ।
त्यस्तै महानगरले पान पसल, पूजा सामाग्री पसल,हस्तकला पसल, फुलमाला सजावट पसल लगायतका व्यवसायका लागि पनि करको दर तोकेको छ ।
महानगरले तारे होटलहरूका लागि पनि करको दर तोकेको छ । १ तारे देखि ५ तारे सम्मका होटलहरूका लागि कर रेट फरकफरक छन् ।साधारण होटलले महानगरलाई वार्षिक १० हजार तिर्नु पर्छ भने तारे होटलहरूले तारेका आधारमा २० हजार देखि १ लाख सम्म तिर्नु पर्नेछ ।