Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in समाचार
0
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ११, काठमाडौं,
      भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापा भद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर भएका २२ वर्षीय एमडी सर्फराज, काठमाडौं छाउनी बस्ने रौतहट गौर नगरपालिका-१ घर भएका १९ वर्षीय आकाश अग्रवाल, काठमाडौं छाउनी बस्ने रौतहटका १८ वर्षीय एक किशोर, पर्सा वीरगंज महानगरपालिका-२९ घर भएका ३० वर्षीय कृष्ण प्रसाद साह र सोही महानगरपालिका-३२ बस्ने २० वर्षीय सुनिल साह रहेका छन् ।

    सामाजिक संजालको दुरूपयोग गरी अनलाईनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट नगद सहित पक्राउ गरेको हो ।
    साथै उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट समेत रकम ठगी गरेको पाईएको छ ।प्रहरीका अनुसार पीडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चात मानसिक रूपमा विच्छिप्त हुने गरेको, पीडित व्यक्तिले लट्री प्राप्त गर्ने आशामा आफ्नो घर जग्गा समेत धितो राखि घरबार विहिन भएको, ठगी गर्ने कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको र करोड भन्दा बढि रकम लिईसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
    उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गाँजा सहित पक्राउ

Next Post

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

Next Post
एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.