Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिकाको मूल मन्त्र : मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु

जनता भ्वाइस by जनता भ्वाइस
June 26, 2020
in राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ११, जनता भ्वाइस संवाददाता, रामोछाप
मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु भन्ने मूल नाराका साथ खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको उक्त नीति तथा कार्यक्रम गाउँपालिका कार्यालय माकादुमको सभाहलमा सार्वजनिक भएको हो । उद्यमशिलता र सक्षमताको विकास गर्दै दीगो र समतामूलक आर्थिक विकास भएको वार्षिक नीति तथा कार्यक्रम बनाइएको खाँडादेवी गाउँपालिकाले जानकारी दिएको छ ।


प्रस्तुत नीति तथा कार्यक्रम भित्र गाउँपालिका भित्रका मुख्य कृषि योग्य जमिनहरुमा सम्भाव्यताका आधारमा सानो सिंचाइ, कुलो, लिफ्ट, थोपा सिंचाइ, सिंचाइ पोखरी, प्लाष्टिक पोखरी आदिको निर्माण तथा मर्मत गरी सिंचाइ सुविधा प्रवाह गरिने कुरा मुख्य रुपमा उल्लेख गरिएको छ । जसका लागि भटौली खोलाको शिर चोप्राङ्ग खोलामा बाँध निर्माण गरी सुख्खा क्षेत्र खाँडादेवी पकरवास सिंचाइ योजनालाई डि.पि.आर. गर्न आवश्यक पूँजीको व्यवस्था गरिने योजनामा उल्लेख गरिएको छ ।


यस वर्षको सघन अवस्थालाई आत्मसाथ गर्दै खाँडादेवी गाउँपालिकाले स्वदेशमा नै युवा लक्षित रोजगारीको अवसर सिर्जना गरी युवा जनशक्तिको विदेश पलायन हुने वास्तविकतालार्य रोक्ने, विदेशबाट कृषि सम्बन्धी ज्ञान, सीप र पुँजी सहति फर्केका युवाहहरुलाई व्यवसायिक कृषि पेशामा आवद्ध गर्नतर्फ वृहत्तर कार्यक्रम लागु बनाइएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जनता भ्वाइसलाई जानकारी दिएका छन् । व्यवसायिक र समुहिक कृषि कर्म गर्न चाहने युवाहरुको लगत खडा गरी उनीहरुलाई अनुदानको व्यवस्था गरिने गाउँपालिका श्रोतले बताएको छ ।
गाउँपालिकाले भूमिबैंक स्थापना गरी स्थानीय तहसँगको समन्वयमा आवश्यक पर्नेलाई जग्गा तथा त्यसका लागि ऋणको व्यवस्था गरिने समेत आगमी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

व्यवसायीको हितमा बल्ल मुख खोल्यो रामेछाप उद्योग वाणिज्य संघले

Next Post

गरिबका ओठमा मुस्कान ल्याउँदैछ इन्द्रावती युवा क्लब (भिडियो सहित)

Next Post
गरिबका ओठमा मुस्कान ल्याउँदैछ इन्द्रावती युवा क्लब (भिडियो सहित)

गरिबका ओठमा मुस्कान ल्याउँदैछ इन्द्रावती युवा क्लब (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.