Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गरिबका ओठमा मुस्कान ल्याउँदैछ इन्द्रावती युवा क्लब (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 26, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
गरिबका ओठमा मुस्कान ल्याउँदैछ इन्द्रावती युवा क्लब (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार ११, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिका वडा नं. १० मा रहेको इन्द्रावती जनजागरण युवा समाजमा आवद्ध युवाहरुले वडास्तरमा उदाहरणीय काम गरेका छन् । मनले चाहनु पर्छ, जस्तोसुकै काम पनि आसानीपूर्वक गर्न सकिन्छ भन्ने उदाहरण यो क्लबका युवाहरुले गरेका छन् । स्वदेश तथा विदेशमा बस्ने वडास्तरका युवाहरुले थोपाथोपा रकमको जोहो गर्दै गाउँका अति विपन्न, असाहय तथा गरिबहरुका लागि दाल, चामल, नुन, तेल साबुन लगायतका दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेका छन् । इन्द्रावती जनजागरण युवा समाजको नेतृत्वमा वितरण गरिएको उक्त राहत सामग्री वितरण गर्दा राहत पाउने १४ परिवार खुशीले निकै प्रफुल्लित भएका देख्न सकिन्थ्यो । श्री इन्द्रावती जनजागरण युवा समाजले वितरण गरेको सो राहत सामग्रीलाई सर्वप्रथम वडाध्यक्ष भरतबहादुर बोहोरालाई हस्तान्तरण गरिएको थियो भने बोहोराकै नेतृत्वमा सो सामग्री बाँढिएको हो ।


इन्द्रावती जनजागरण युवा समाज बिपत व्यवस्थापन कोषका संयोजक कमल खत्रीले राहत सामग्री खरिद गर्नको लागि आवश्यक रकम तथा इन्द्रावती जनजागरण युवा समाजलाई विभिन्न दाताहरुले दिएको रकमको हिसाब किताब प्रस्तुत गरेका थिए । खत्रीका अनुसार इन्द्रावती जनजागरण युवा समाजलाई स्थानीय राजनकुमार बस्नेतले सार्वाधिक बढी रकम २६ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।
त्यस्तै जीतबहादुर खत्री २५ हजार रुपैयाँ, भरतबहादुर बोहोरा २३ हजार रुपैयाँ, सन्तोष बुढाथोकी २० हजार रुपैयाँ, नवराज चौहान १५ हजार १ सय ५० रुपैयाँ, कमल खत्री ११ हजार १ सय ११ रुपैयाँ, प्रदीप खत्री ११ हजार १ सय रुपैयाँ, रोशन चौहान १० हजार ५ सय रुपैयाँ, हेमबहादुर खत्रीले १० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै सहयोगी दाताहरु मध्येमा रेवन्तबहादुर बुढाथोकी १० हजार रुपैयाँ, निरबहादुर खत्री ५ हजार ५ सय ५५ रुपैयाँ, विकास तामाङ ५ हजार ५५ रुपैयाँ, अर्जुन बुढाथोकीले ५ हजार ५५ रुपैयाँ, नारायणबहादुर कार्की ५ हजार ५ रुपैयाँ, सुमी पाण्डे बुढाथोकी ५ हजार ५ रुपैयाँ, शिवराम बुढाथोकी ५ हजार ५ रुपैयाँ र गणेश बुढाथोकीले २ हजार ५ रुपैयाँको सहयोग गरी कूल १ लाख ९५ हजार ४६ रुपैयाँ संकलन भएको छ भने इन्द्रावती जनजागरण युवा समाजले वितरण गरेको राहत सामग्री खरिदमा कूल ३३ हजार २ सय ३८ रुपैयाँ खर्च भएको छ ।


इन्द्रावती जनजागरण युवा समाजले गरेको राहत वितरण कार्यलाई मन्थली नगरपालिका वडा नं. १० ले वडाको बजेटबाट सहयोग नगरेको र यसमा वडाको तर्फबाट समन्वयको भूमिका मात्र भएको वडाध्यक्ष भरतबहादुर बोहोराले प्रष्ट पारेका छन् । बोहोराले मन्थली नगरपालिकाले गाउँमा भएका नागरिकहरुलाई कोरोना भाइरसको कारणले खानै नपाउने अवस्था हालसम्म भइनसकेको तर बाहिरबाट यस जिल्लामा कामको सिलसिलामा बसोबास गर्ने नगारिकहरुलाई भने समस्या परेकोले उनीहरुलाई मात्रै राहत उपलब्ध गराउने नीति बनाएकोले आफूले वडाको रकमले कुनै राहत वितरण गर्न नसक्ने जनाएका हुन् ।


विशेषगरी मन्थली १० नम्बर वडाका अभिभावक विहिन बालबालिका लक्षित भएको सो राहत वितरण कार्य निकै प्रभावकारी देखिएको थियो । बाबु र आमा दुवै नभएका तथा बाबु वा आमा एकजना मात्रै नभएका बालबालिकाहरुलाई युवा समाजले राहत वितरण गर्दा सो राहत लिने मध्यकी मायालु आलेमगरले आफ्नो वास्तविकता र आफ्नो बहिनीको छोरीलाई आमा जस्तै बनेर पाल्नु परेकोमा बहिनीको वियोगलाई सम्झिएर विक्षिप्त भएको बताएकी थिइन् ।
रहत वितरण कार्य असार ११ गते चनखुमा भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवी गाउँपालिकाको मूल मन्त्र : मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु

Next Post

रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष थापा मगरले गरे २ महिनाको घरभाडा छुट्

Next Post
रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष थापा मगरले गरे २ महिनाको घरभाडा छुट्

रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष थापा मगरले गरे २ महिनाको घरभाडा छुट्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.