असार १२,सम्झना श्रेष्ठ,
सिन्धुलीमाढि । सिन्धुलीमा चालु आर्थिक वर्षको यस अवधिमा ३०७ वटा उजुरी दर्ता भएका छन् । गत श्रावण देखि जेष्ठ मसान्तसम्म विभिन्न घटनामा ३०७ वटा उजुरी दर्ता भएको सिन्धुली प्रहरीले जनाएको छ । यसअवधिमा सबैभन्दा बढि आत्महतयाका घटना बढी रहेको सिन्धुली प्रहरीको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको जेठ महिनामा ७३ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर ५९, विष सेवन गरेर ११ तथा हातहतियार प्रयोग गरेर ३ जनाले आत्महत्या गरेका छन् । यस्तै सार्वजनिक अपराधको कसुरमा ५८ वटा उजुरी प्रहरी कार्यालय सिन्धुलीमा परेको छ । जवर्जस्ति करणी मुद्धामा १९ वटा तथा जवरजस्ति करणी उद्योगमा ७ वटा उजुरी दर्ता भएका छन् ।
यस्तै लागु औषध सम्विन्धि १३ वटा, ज्यान मार्ने उद्योगमा ५ वटा, सवारी दुर्घटनामा ३१, बहुविवाहका १२ वटा उजुरी दर्ता भएको सिन्धुली प्रहरीको तथ्यांकले देखाएको छ । चालुआर्थिक वर्षको यस अवधिमा चोरीका ९ वटा, ठगीको ८ वटा, संगठित अपराध आगो लगाएको डाका बम विष्पोट गराएको सम्वन्धि ५ वटा उजूरी दर्ता भएका छन् ।