असार १२,सम्झना श्रेष्ठ,
सिन्धुलीमाढी । सिन्धुलीबाट अहिलेसम्म ५४३ जनाको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाइएको छ । हालसम्म ११७५ जनाको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटि) गरिएको छ । ९ वटा स्थानिय तह रहेको सिन्धुलीमा आरडिटि परिक्षणमा ३३ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । ११७५ जनाको र्यापिड डायग्नोष्टिक आरडिटि टेस्ट गरिएको मध्ये ५४३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । जसमा ४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनीहरु चारैै जना पुरुष थिए । जसमध्ये ३ जनाको दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि सिन्धुली अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । अहिले एक पुरुषको सिन्धुली अस्पतालको आइशोलेसनमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले जानकारी दिनुभयो ।
अव जिल्लबाट पठाइएका ३१ जनाको आरटि–पिसिआर रिपोर्ट आउँन बाँकी छ । अन्य ५१२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । अहिले जिल्लभर संस्थागत क्वारेन्टाइनमा ९५ जना रहेका छन् भने होम क्वारैन्टाइनमा ९१ जना छन् । file Photo