असार १३
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा एक जना ५० वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ : ३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।
गत शुक्रबार दिउँसोदेखी उनलाइ स्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको जनाइएको छ । उनी गत असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनी फोक्सोको क्यान्सारबाट पीडित रहेको र गत असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।
उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो । file Photo





