असार १४, जनता भ्वाइस सम्वाददाता, रामेछाप
रामेछाप । उमाकुण्ड गाउँपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि ६७ लाख भन्दा धेरै रकम खर्च गरेको छ । बितेको तीन महिनाको अवधिमा ६७ लाख ३५ हजार ९ सय ८४ रुपैयाँ खर्च गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदीले हस्ताक्षर गरेको विवरणमा उल्लेख गरिएको छ । गाउँपालिकाले क्वारेन्टिन निर्माण र हेल्थ डेक्स स्थापनाको लागि ७ लाख ३३ हजार १ सय ४७ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै पालिकाले बन्दाबन्दीले समस्यामा परेका राजधानी लगायतका ठाउँबाट आफ्ना नागरिकहरु घर फर्काउनका लागिमात्रै २१ लाख २७ हजार ९ सय ५० रुपैयाँ खर्च भएको उल्लेख छ । पालिकाले करिब १७ सय नागरिकहरु राजधानी लगायतका ठाउँबाट पालिका सम्म ल्याएकाे थियाे ।
त्यस्तै कोरोना भाइरस संक्रमण रोकथामका लागि स्यानिटाइजर, मास्क, औषधी, पीपीई सेट, थर्मलगन लगायत खरिदमा ३२ लाख ९५ हजार ३ सय ३१ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यस्तै कोरोना भाइरस क्वारेन्टिन र आइसोलेसन कक्ष स्थापना, हेल्थ डेक्स, खाजा खर्चको लागि ५ लाख ७९ हजार ५ सय ६५ रुपैयाँ खर्च गरेको पालिकाले जनाएको छ । फाइल फाेटाे