असार १५
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिपाका स्थानीयसमते रहेका सविन बिकले समाजसेवी भरत चौलागाईको आर्थिक सहयोगमा पालिकाका विपन्न परिवारलाइ खाद्ययन्न वितरण गरेको बिकले जनता भ्वाइसलाइ जानकारी दिए । सविन विक नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य हुन् ।
उनका अनुसार स्थानीय विपन्न परिवारका सदस्यहरुलाइ १ सय ४० घरधुरीका परिवारलाइ १५ केजीका दरले चामल दिएको हो । कोरोना भाइरस संक्रमणको असरले बन्दाबन्दीको समस्यामा परेका विपन्न घरपरिवारलाइ सहयोग स्वरुप चामल दिएको उनले बताए । समाजसेवी चौलागाईले रामेछापका विभिन्न ठाउँमा शैक्षिक विकासका लागि धेरै सहयोग गर्दै आएका छन् । उनले सामुदायिक विद्यालयहरूको पठन विकास तथा विपन्न विद्यार्थीहरूलाई समेत सहयोग गरि सकेका छन् ।







