हेटौडा , २६ साउन,
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्य नसर्ने बताएका छन् । आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा गलत भएको बताएका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको बताए । उनले हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको दाबी गरे ।
केही दिन अघि राजधानी काठमाडौंमा सम्पादलहरुसँगको भेटमा उनले प्रदेशको राजधानी रामेछाप वा नुवाकोट पनि हुन सक्ने बताएका थिए ।