Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १५, जनता भ्वाइस संवाददाता, रामेछाप
‘धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र संवृद्धि’ भन्ने मूल नाराका साथ सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाएको छ ।
मन्थली नगरपालिकाले १३ नं. वडा शाँखेमा रहेको एक कृषि सहकारीसँग समन्वय गरी यस वर्षको धान दिवस मनाएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, उपप्रमुख मायाकुमारी कार्की, उपसचिव (प्राविधिक) हेमन्तकुमार बुढाथोकी लगायत अन्य कर्मचारीहरु सहभागी भएका थिए । त्यस्तै रोपाइँस्थल मन्थली नगरपालिका वडा नं. १३ शाँखेका स्थानीयबासीहरु करिब ७० जनाको सहभागीता रहेको थियो ।


बिहान ९ बजेबाट सुरु भएको रोपाइँ कार्यक्रम अघि दहिचिउरा खाने कार्यक्रम थियो भने दिउँसो १२ बजे सम्म उक्त रोपाइँ कार्यक्रम चलेको थियो । धान रोपाइँ कार्यक्रममा सहभागी मन्थली नगर कृषि शाखाका प्रमुख यौवन सुनुवारले कृषिकहरुलाई धान उत्पादन कार्यामा प्रोत्साहन गर्नका लागि यस्तो उत्सवको आयोजना गरिएको बताए ।


धान रोप्न नगरप्रमुख बस्नेत आफैं खेतमा ओर्लिएका थिए । साथै उपप्रमुख माया कार्की समेत उक्त कार्यक्रममा सहभागी भएकी थिइन् । राज्यले धान दिवस मनाउनका लागि नीति तथा कार्यक्रम नै बनाएको कारणले आफूहरुले आज धान दिवस मनाएको कार्कीले बताएकी छिन् ।
धानको बिउको माला लगाई खेतमा रोपाइँमा व्यस्त मन्थली नगरप्रमुख बस्नेतले नेपालीहरुको मूल पेशा कृषि भएको र सो कार्यका लागि आफूहरु कृषिलाई प्रवर्धन गर्ने र जमिन बाँझो नराख्ने अभियानमा लागेको उनले बताएका छन् ।


मन्थली नगरपालिकाका धेरै खेतीयोग्य भूमिहरु बाँझा छन् । यस्तो अवस्थामा मन्थली नगरपालिकाले बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

Next Post

अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय

Next Post
अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय

अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.