असार १६,
काठमाडौं । पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिबेशनको मिति परिमार्जन गर्ने नेपाली कांग्रेसले जनाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिबेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो ।
माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिबेशन आगामी फागुन ७-१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गर्दै महाधिबेशन कार्यतालिका तय गरेको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँ/नगर वडा अधिबेशनबाट सुरु हुने भनिएको कांग्रेसको महाधिबेशन कोरोना भाइरसका कारण प्रभावित भएको छ ।