असार १६,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले द्धन्द्ध प्रभावित परिवारहरुलाई सहायताको लागि पालिकामा सम्पर्कमा आउन सुचित गरेको छ । पालिकाले मंगलबार एक सुचना जारी गर्दै द्धन्द्ध प्रभावित परिवारलाइ सो अपिल गरेको हो । पालिकामा ९ घरपरिवार द्धन्द्ध पीडित परिवार रहेका छन् ।
त्यस मध्येमा २ घरपरिवार दलित समुदायका छन् । उनीहरुलाई पालिकाले कोरोना भाइरस संक्रमणको विश्व ब्यापी महामारीबाट पीडित भएको र उनीहरुका बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले पालिकामा वडाको सिफारिस, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, औषधिको बिल, अस्पतालले दिएको उपचार सम्बन्धी रिपोर्टसहित सम्पर्क गर्न आग्रह गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदीले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ। उनीहरुलाइ रु ३० हजारका दरले सहयोग गर्ने सुचनामा उल्लेख छ ।