असार १७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा नेपाल कम्युनिष्ट नेकपा पार्टीभित्रैबाट राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले अब के गर्लान् ? भन्ने अड्कलवाजी सुरु भएको छ । जानकारहरुका अनुसार उनीसँग तीन विकल्प छन् । निकटहरुसँग परामर्श गर्दा समेत उनले तीनवटा विकल्पमा छलफल गरेको बुझिएको छ ।
पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । यी मध्ये कुन विकल्प रोज्छन् त्यो भने ओलीकै विवेकमा भर पर्ने नेताहरुको भनाइ छ ।
बिहाना एक एक आफु निकट मन्त्री तथा नेताहरुसंग छलफल गरि स्थायी कमिटिको बैठकमा प्रवेश गरेको ओलीले के र आजको बैठकले के गर्ला सबैको ध्यान त्यता केन्द्रित छ ?
आहिले स्थायी कमिटिको बैठम बसिरहेको छ । ओलीले समितिको बैठकमा के गर्लान भन्ने हेर्न बाँकी छ । file Photo





