असार १७
काठमाडौं । नेकपा स्थायी कमिटीको आजको बैठक भोली (बिहीबार) बिहान ११ बजे गरि सकिएको छ । ५ जना स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेपछि आजको लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसद्ले शोक प्रस्ताव पारित गर्ने भएपछि आजको लागि बैठक सकिएको हो । आज पेशल खतिवडा, नन्द प्रसाईँ, लिलामणि पोख्रेल, योगेश भट्टराई र मातृका यादवले धारणा राखेका छन् ।
हिजोको बैठकमा पार्टीका शीर्ष नेतासहित १८ जना स्थायी कमिटीका सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । आज बिहान ओलीले केही नेताहरुसँग सुझाव लिएका थिए । file Photo





