Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समाजमा घट्ने सबै घटना निर्मूल पार्न नेपाल प्रहरी सक्षम छ- महानिरीक्षक ज्ञवाली

Milan Ghimire by Milan Ghimire
July 1, 2020
in समाचार
0
समाजमा घट्ने सबै घटना निर्मूल पार्न नेपाल प्रहरी सक्षम छ- महानिरीक्षक ज्ञवाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७

काठमाडौं ।  प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरमा राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्मित २४ कोठे नवनिर्मित भवन बुधबार उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले सो कुरा बताएका हुन् । सो भवन कुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

ज्ञवालीले नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गरे । मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरु एकतावद्ध हुनुपर्ने उनको भनाइ छ । ज्ञवालीले मुलुकको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनु पर्ने उनले बताए ।

ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले सो विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठुलो महत्व छ उनले भने । आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न-भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको उनले प्रतिवद्ध जनाए ।

कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने कोही पनि व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य पात्र नहुने बताए । आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको प्रहरी संगठनको पवित्र उद्देश्य नि : स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उनले यस पवित्र मन्दिरमा बसी छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको जिकिर गरे ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको विषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको बताए । साथै बिषम परिस्थितिमा पनि आम नागरिकको सेवा र सुरक्षाका लागि सबै सरोकारवाला निकायबीच आपसी एकता, धैर्यता र स्व-अनुशासन हुनुपर्ने उल्लेख गरे ।

उनले भवन उदघाटन पश्चात भवन निर्माणमा विशेष योगदान पुर्‍याउने ७ जनालाई प्रशंसापत्र बितरण गरेका थिए । साथै नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताए । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यान दिनुपर्नेमा उनको भनाइ थियो ।

त्यस्तै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रविधिको विकास सँगसँगै समाजको गतिशिलता अनुसार नेपाल प्रहरीले आफूलाई परिवर्तन गर्दै लगेमा जनमुखी प्रहरी सेवा प्रवाहमा आफ्नो काम कारवाही गर्न सहजता हुने विश्वास व्यक्त गरे । आधुनिकिकरणसँगै नेपाल प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटन गराउने शाही पक्राउ

Next Post

स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित २ जना पक्राउ

Next Post
स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित २ जना पक्राउ

स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित २ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.