असार १७,
काठमाडौं । वीरगंज महानगरपालिका-२४ रमगढवाबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोद कुमार र वीरगंज महानगरपालिका-२५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधन प्रसाद कलवार रहेका छन् ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ५१ प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । file Photo





