असार १७,
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४ सय ६२ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । आजको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले २४ घण्टाको अवदिमा १४ सय ६२ जना कोरोना संक्रमितहरुले कोरोनालाई जितेर डिस्चार्ज भएको जानकारी दिए ।
योसंगै नेपालमा कोरोना जित्नेको कुल संख्या ४ हजार ६ सय ५६ पुगेको छ । यो आज सम्मकै सबैभन्दा धेरैले कोरोना जितेको पहिले रेकर्ड हो । यो कोल डिस्चार्ज हुनेमा कति महिले र पुरुष कति भन्ने परिणाम संकलनको काम भैरहेको प्रवक्ता गौतमले बताए ।