असार १७,
दाङ । दाङमा आफ्नै २७ वर्षीय छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका-५ नौबस्ताका ४६ वर्षीय खुसीराम चौधरी छन् । उनलाइ मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी बिबादका कारण खुसीरामले छोरालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo