असार १८,
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा संसद गगन थापाले संघीय संसदको चालु अधिवेशन अन्त गरेको प्रति असन्तुस्टि जनाएका छन् ।
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन साँझ ५ बजेदेखि अन्त्य गरेकी थिइन् । नेता थापाले अप्रत्यासित रुपमा बजेको अधिबेशन अन्त्य गरेको प्रति सामाजिक संजालमा लेख्दै आप्पत्ति जनाएका हुन् ।
उनले नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद बजेट अधिवेशनमा परेको संकेत गरेका छन् । उनले लेखेका छन् संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य! विनासकाले विपरित वुद्धि! संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन, पार्टीभित्रको किचलोको अचानोमा संसद ! संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।file Photo
त्यस्तै कांग्रेसका नेता प्रदिप पौडेले पनि सरकार आन्तरिक कलहको प्रभार बजेट अधिवेशनमा देखाएको बताएका छन् । उनले सामाजिक संजालमा आफ्नो धारण राखदै सरकार समस्याहरुलाई ताल्चा लगाएँर भाग्नु लाचारिपन हो । सरकार उदाङ्गो भएर गैरजिम्मेवारीको तमासा गर्छ । जानकारी नदिइ संसद अधिवेशन अन्त्य गर्छ । र दम्भले संसद जस्तो गरिमामय संस्थाको अलिकति पनि मर्यादा नराख्ने प्रधानमन्त्री केपी ओली सङ्ग कुनै आशा बाँकि छैन। लोकतन्त्रको यो भन्दा भद्दा मजाक के हुन्छ? भन्दै लेख्छन् । उनले प्रधानमन्त्री केपी ओली सङ्ग कुनै आशा बाँकि नरहेको बताएका छन् ।