असार २२
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१४ दुधौरा पुलस्थित सडकबाट एक जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासदेव महतो रहेको प्रहरीले जनाकारी दिएको छ । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट गाँजा ५ किलो ५ सय ग्राम फेला पारिएको छ ।
उक्त स्थानमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । महतो उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-५ बकुलिया र आमाडारको दुधौरा खोलास्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने २८ वर्षीय पचु पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा पटेरवा सुगौली गाउँपालिका-१ सोनबर्षा बस्ने २८ वर्षीय किसुन मण्डललाई अवैध लागूऔषध गाँजा करिब २३ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रङ्गपुर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo