Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

छुट्टाछुटै स्थानबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 6, 2020
in समाचार
0
अवैध लागूऔषध चरेश बरामद
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २२

 काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१४ दुधौरा पुलस्थित सडकबाट एक जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासदेव महतो रहेको प्रहरीले जनाकारी दिएको छ । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट गाँजा ५ किलो ५ सय ग्राम फेला पारिएको छ ।

उक्त स्थानमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । महतो उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-५ बकुलिया र आमाडारको दुधौरा खोलास्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने २८ वर्षीय पचु पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो ।

पर्सा पटेरवा सुगौली गाउँपालिका-१ सोनबर्षा बस्ने २८ वर्षीय किसुन मण्डललाई अवैध लागूऔषध गाँजा करिब २३ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रङ्गपुर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो ।

घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जुवातास खेलिरहेको अवस्थामा २ लाख २५ हजारसहित १० जना पक्राउ

Next Post

महामारीविरुद्ध एक भएर लड्न : मन्त्री ढकालको आह्वान

Next Post
महामारीविरुद्ध एक भएर लड्न : मन्त्री ढकालको आह्वान

महामारीविरुद्ध एक भएर लड्न : मन्त्री ढकालको आह्वान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.