Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुरक्षित आप्रवासको पत्रकारसँगको अन्तक्र्रिया

जनता भ्वाइस by जनता भ्वाइस
July 10, 2020
in समाचार
0
सुरक्षित आप्रवासको पत्रकारसँगको अन्तक्र्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २६ । जनता भ्वाइस संवाददाता, रामेछाप
सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापले बिहिबार १ दिने पत्रकार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला स्थित विभिन्न संचार संस्थासँग आवद्ध भएका पत्रकारहरुलाई मन्थली नगरपालिकाको सभाहलमा भेला गरी सुरक्षित आप्रवासन सम्बन्धी १ दिने अन्तक्र्रिया आयोजना गरेको हो ।
उक्त पत्रकार अन्तक्र्रिया कार्यक्रममा सामीले आर्थिक वर्ष २०६७–०६८ देखि चालु आर्थिक वर्ष सम्म रामेछाप जिल्लाबाट विशेषगरी रोजगारी तथा अन्य कार्यको सिलसिलामा तेस्रो मुलुकमा जाने नागरिकहरुको तथ्याङ्क समेत सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०६७–०६८ देखि हालसम्म आइपुग्दा आर्थिक वर्ष २०७१–०७२ मा जिल्लाबाट सबैभन्दा बढी नागरिकहरु विदेश गएको बताएको छ । उक्त आर्थिक वर्षमा हालसम्म ९ वर्षको तुलनामा सबैभन्दा बढी ६ हजार ६ सय ४२ जना जनशक्ति विदेश गएको जनाएको छ भने सोही ९ वर्षका अवधिको आर्थिक वर्ष २०६७–०६८ मा नै सबैभन्दा कम १ हजार ७ सय ९४ जना विदेश गएका छन् ।


चालु आर्थिक वर्षमा पुरुष र महिला दुवै वर्गका जनशक्ति सबैभन्दा बेसी विदेश पलायन भएको देखाइएको छ । चालु आर्थिक वर्षको अवस्थालाई हेर्ने हो भने पुरुष ३ हजार ५ सय ९० र महिला ७ सय ५५ जना विदेश गएका हुन् । यो तथ्याङ्क नै विगत ९ वर्षदेखिको बढी हो । साथै आर्थिक वर्ष २०६७–०६८ मा नै सबैभन्दा कम पुरुष १ हजार ७ सय ५० र ४४ जना महिला विदेश गएका थिए ।
यसरी सामीले उपलब्ध गराएको तथ्याङ्कलाई नियाल्दा हालसम्म रामेछाप जिल्लाबाट ३५ हजार ४ सय १५ पुरुष र ४ हजार ७ सय ७६ जना महिला गरि कूल ४० हजार १ सय ९१ जना रामेछापको युवा जनशक्ति विदेशिएको हो । सामीले यो तथ्याङ्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा आधारित भएको जनाएको छ ।


सुरक्षित आप्रवासन परियोजना (सामी) वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुरुप संचालित परियोजना हो । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मूलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित गराउने उद्देश्यका साथ यो परियोजना हालसम्म रामेछाप जिल्लाका विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको छ ।
यस परियोजनाले आफ्ना कार्यक्रम संचालन हुने ४ वटै स्थानीय तहहरू मन्थली नगरपालिका, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकाले संयुक्त ब्यवस्थापनबाट परियोजनाका कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।

हेल्भेटास नेपालले परियोजनाको गुणस्तर कायम गर्न र आवश्यक क्षमता विकासको लागि संघीय तथा स्थानीय तहमा प्राविधिक सहयोग गरिरहेको छ भने संघीय सरकारबाट प्रदेश र स्थानीयतहले बजेट सशर्त अनुदानको रुपमा प्राप्त गरेको छ ।
हिजो जिल्लास्थित पत्रकार अन्तक्रिर्या कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कार्यक्रमको उद्घाटन सत्रमा सुरक्षित आप्रवासन र यसको वर्तमान अवस्थाको बारेमा आप्mनो समग्र धारणा राखेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपाको स्थायी कमिटी बैठक सात दिनको लागि स्थगित

Next Post

मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

Next Post
मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.