Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुगडको मजा, गाउँलेलाई सजा : दुगड ग्रुपले खनेको सडकका कारण ५ परिवार विस्थापित

जनता भ्वाइस by जनता भ्वाइस
July 11, 2020
in राष्ट्रिय समाचार, समाचार
0
दुगडको मजा, गाउँलेलाई सजा : दुगड ग्रुपले खनेको सडकका कारण ५ परिवार विस्थापित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


असार २६ । जनता भ्वाइस संवाददाता, रामेछाप
जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. २ थाप्रामा गएराती पहिरोका कारण २ वटा घर बगाएको छ भने ३ वटा घर विस्थापित भएका छन् । वि.सं. २०५९ सालमा अर्को थाप्रा गाउँबाट पहिरोकै कारण विस्थापित भएर आएका नागरिकहरुको घर यो पटकको पहिरोका कारण क्षति भएको जानकारी प्राप्त भएको छ ।
स्थानीय स्तरमा दुगड ग्रुपद्वारा संचालित जलविद्युत आयोजनाले सडक खनेको स्थानमा सडकको कारणले पहिरो गएको स्थानीयवासी विवश बस्नेतले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।
२ वर्ष अघि आफूले संचालन गर्ने आयोजनाले स्थानीयस्तरमा कुनै पनि क्षति नपुर्याउने शर्तसहितको कागज गरेको भए पनि आयोजनाले निर्माण गरेको सडकका कारण पहिरो गएको हो । सो पहिरो जलविद्युत आयोजनाले अस्थायी रुपकोलागि सडक विस्तार गर्ने कार्यका कारण पहिरो गएको बताइएको छ ।


पहिरोका कारण उमाकुण्ड २ का स्थानीय ५ परिवार खुला आकाशमुनी आइपुगेका छन् । रामचन्द्र बस्नेतको परिवार संख्या ७, वेदबहादुर र खम्बध्वज बस्नेतको ५–५, ढालबहादुर बस्नेतको ९ र धनबहादुर श्रेष्ठको १ गरी कूल २७ जना विस्थापित भएका छन् ।
विस्थापित भएका परिवारका लागि उचित राहतको प्रबन्ध भएको उक्त वडाका वडाध्यक्ष खम्बध्वज बस्नेतले जानकारी दिएका छन् । बस्नेतले जनता भ्वाइससँगै कुरागर्दै भन्छन्, ‘हामीले वडास्तरबाट गर्नुपर्ने उचित राहतको व्यवस्था गरेका छौं । त्यो भन्दा पहिला उहाँहरुलाई स्थानान्तरण गरि सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ । उहाँहरुका लागि भण्डारमा २ घर खोजीसेकेका छौं ।

उहाँहरुका बस्तुभाउलाई के गर्ने भन्ने विषयमा सल्लाह हुँदैछ । क्षति पुर्याउने दुगड ग्रुपसँग यसको क्षतिपूर्तिका लागि पहल पालिका तथा वडास्तरबाट हुने कुरामा विश्वस्त रहन विस्थापितहरुलाई अनुरोध गर्दछु ।’ विस्थापित हुने खम्बध्वज बस्नेत र वडाध्यक्ष बस्नेत एउटै व्यक्ति भने होइनन् ।

तस्वीर : विवश बस्नेत

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

Next Post

व्यवसायीले भने, ‘अहिले नै हामी गाडी चलाउन सक्दैनौ’

Next Post
व्यवसायीले भने, ‘अहिले नै हामी गाडी चलाउन सक्दैनौ’

व्यवसायीले भने, ‘अहिले नै हामी गाडी चलाउन सक्दैनौ’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...